Friday, December 31, 2010

सेना अलग नभएसम्म माओवादी नेतृत्व सरकार असम्भव

नेकपा एमालेका केन्द्रिय प्रचार विभाग प्रमुख तथा पर्ूव मन्त्री प्रदिप ज्ञवालीले माओवादीबाट सेना अलग नगरेसम्म उसको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना नरहेको वताउनु भएको छ ।

एमाले बागलुङले शुक्रवारदेखि आयोजना गरेको दर्ुइ दिने अगुवा कार्यकर्ता प्रशिक्षणका लागि बागलुङ आउनु भएका ज्ञवालीले पार्टर्ीीार्यकर्तासंग संक्षिप्त कुरा गर्दै माओवादी पर्ूण्ारुपमा लोकतान्त्रिक भइनसकेकाले उसलाई विश्वास गर्न सकिने आधार नभएको वताउनुभयो ।

एमालेको मुलमन्त्र राष्ट्रिय सहमतीको सरकार भएको र त्यसबाट मात्रै शान्ति र संविधान निर्माण गर्न सकिने वताउदै उहाँले १६ औ पटकसम्म हारेका रामचन्द्र पौडेललाई पनि प्रधानमन्त्री स्विकार्न नसकिने वताउदै उम्मेदवार फिर्ता लिनर्ुपर्छ भन्नुभयो ।

अबको प्रधानमन्त्री सहमतीका आधारमा मात्र तय हुने तर्क गर्दै एमाले नेता ज्ञवालीले त्यसका लागि चक्रिय प्रणालीका आधारमा चयन गर्न पार्टर्ीी उपयुक्त प्रस्ताव अघि सारेको वताउनुभयो ।

चक्रिय प्रणालीमा जाँदा संविधान निर्माणसम्मको समयअवधिका लागि एक पार्टर्ीीई, संविधान जारी गर्न समयका लागि अर्काे पार्टर्ीीई र संविधान जारी भईसकेपछि नयाँ प्रक्रियामा अघि बढ्ने समयका लागि अर्काे पार्टर्ीीई नेतृत्व प्रदान गर्ने गरी चक्रिय प्रणालीमा जान सकिने वहाँले भनाई थियो ।

प्रशिक्षणमा जिल्ला स्तरीय अगुवा कार्यकर्ताको सहभागिता रहने र समसामयिक विषय, दर्शन र पार्टर्ीीे कार्यदिशाका वारेमा प्रशिक्षण हुने एमाले जिल्ला अध्यक्ष जनक पौडेलले वताउनुभयो ।

२०६७ पुष १६ गते                                                रामकृष्ण बोहरा/बागलुङ,