Sunday, May 27, 2012

खोलाले बगाउँदा बालक वेपत्ता


कालिगण्डकी नदीले बगाउँदा आईतबार दिउँसो म्याग्दीमा एक बालक वेपत्ता भएका छन् ।
धाडिङ्ग घर भई माईति घर राम्चे काफलडाडामा बस्ने जितिमाया गर्बुजाका कक्षा ७ मा अध्यनरत १२ वषिर्य छोरा शिव पर्ुजालाई भगवती बैसरी खण्डको कालिगण्डकीमा पौडी खेल्ने क्रममा नदिले बगाएको स्थानीयबासीले जानकारी दिएका छन् ।

उनका साथीहरुले खोजी गरेपनि फेला पार्न नसकेपछि गाउँलेलाई खबर गरेका थिए । स्थानीयबासी र प्रहरीले बेपत्ताको खोजी गरिरहेको बैसरीका बासिन्दा भिमसेन केसीले जानकारी दिनुभयो ।

२०६९ जेठ १४ गते                                                सुरज केसी

Saturday, May 26, 2012

पौडिखेल्न गएका युवा कालीगण्डकीमा बेपत्ता


शनिबार दिउसो पौडी खेल्न गएका एक युवा कालीगण्डकी नदिले बगाएर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बागलुङ नगर पालिका ११ कुडुलेका २३ बषिर्य जनक रेग्मी रहेका छन् ।

बेनी बजारमा मोबाइल पसल गरी बस्ने रेग्मी अन्य दर्ुइ जना साथी सगै म्याग्दी रत्नेचौर ५ मा अवस्थित थाङनेबगर खण्डमा पर्ने कालीगण्डकी नदीमा पौडी खेल्न गएका थिए । पौडी खेल्दै गर्दा उनलाई नदिले बगाएको उनका साथीहरुले प्रहरीलाई बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दी र प्रहरी चौकी मिलनचोक पर्वतबाट खटिएको प्रहरी टोलिले उनको मोबाइल र पर्स घटनास्थलमा फेला पारेको छ भने रेग्मी अझै बेपत्ता रहेका छन् । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

२०६९ जेठ १३ गते बेलुकी ७ वजे                                               सन्तोष थापार्/पर्वत,

Wednesday, May 23, 2012

कोरीया पुगेका म्याग्देलीको सहयोगमा अस्पतालमा भवन निर्माण सुरु


रोजगारीको शिलशिलामा दक्षिण कोरीया पुगेका म्याग्देलीहरुको सहयोगमा जिल्ला अस्पताल बेनीमा आकस्मीक कक्ष भवन निर्माण सुरु भएको छ ।
४ कोठे १ तले भवनको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीले शिलन्यास गर्नुभएको छ । शिलन्यासपछि आयोजित कार्यक्रममा बोल्दै प्रजिअ ज्ञवालीले कोरीयामा काम गर्ने प्रवासी म्याग्देलीको भवन बनाउन सहयोग गरेर अरुलाई पनि प्रेरणा मिल्ने काम गरेको बताउनुभयो ।
यसैगरी जिल्ला स्वास्थ्य प्रमुख डाक्टर झलक शर्मा गौतमले पर्ुवाधारको अभावमा स्वास्थ्य सेवा प्रवाहमा समस्या परिरहेका बेला नयाँ भवन बनेपछि सहज हुने अपेक्षा व्यक्त गर्नुभयो । सो कार्यक्रममा म्याग्दी समाज समिति दक्षिण कोरीयाको १४ लाख लगानीमा भवन निर्माण गर्न लागिएको जानकारी गराइएको थियो ।
अस्पताल विकास समितिका अध्यक्ष आईतराम परियारको अध्यक्षता, म्याग्दी कोरीया सर्म्पर्क मञ्चका सचिव गोविन्द बानियाको सञ्चालन र सदस्य याम केसीको स्वागतमा शिलन्यास कार्यक्रम सम्पन्न भएको थियो ।

२०६९ जेठ ६ गते

हिउ पहिरोमा परी पर्यटक वेपत्ता


अन्नपर्ूण्ा प्रथम आरोहणगरी र्फकने क्रममा दोस्रो वेश क्याम्प नजिक हिम पहिरोमा परी हगेरीका नागरिक ३४ बषिर्य हार्वर टिवोर वेपत्ता भएका छन ।

सुमित ट्रेक एण्ड ट्राभल्स काठमाण्डौ मार्फ नारच्याङ्ग गाविस-१ मा पर्ने अन्नपर्ण् प्रथम हिमाल आरोहणमा गएको ८ सदस्यीय टोली ०६८ बैशाख २४ गते हिम पहिरोमा परेको स्थानिय प्रभा माविका प्रधानध्यापक तेजबहादुर गुरुङ्गले बताउनुभयो ।

'आरोहण टोली बैशाख २४ गते नै हिमपहिरोमा परेको रहेछ । हामीले भने दर्ुइ दिनअघि मात्र आरोहण टोलीका सदस्यहरु फर्केने क्रममा थाहा पायौं' प्रअ गुरुङ्गले भन्नुभयो ।

सुरत केसी/घनश्याम खड्का                        म्याग्दी जेठ ९ गते ।

Tuesday, May 22, 2012

दरवाङ बजारमा अस्थाई डम्पीङर्साईड सञ्चालन


म्याग्दीको दरवाङ बजारमा अस्थाई डम्पीङ र्साईड निर्माण गरेर फोहोर व्यवस्थापन गर्न सुरु गरिएको छ ।

दरवाङ गाविसको आर्थिक सहयोगमा पश्चिम म्याग्दी दरवाङ युवा क्लवको नेतृत्वमा म्याग्दी नदी किनारमा रहेको खाली जग्गामा डम्पीङ र्साईड बनाएर फोहोर व्यवस्थापन गर्न थालीएको हो ।

यसअघि बजारका दर्ुइ सय भन्दा बढी घरबाट उत्पादन हुने फोहोर सिधै म्याग्दी नदीमा फाल्ने गरिएको थियो । फोहोर व्यवस्थापनका लागि दरवाङ गाविसले चालु आर्थिक वर्षा २० हजार रुपैया सहयोग गरेको छ ।

स्थानीय एक व्यक्तिले निशूल्क जग्गा उपलब्ध गराएका छन् । दैनिक रुपमा फोहोर संकलन गरेर बजारदेखि करिब २सय मिटर टाढा रहेको डम्पीङ र्साईडमा थुपार्न थालीएको क्लवका अध्यक्ष मिम सिउथानीले बताउनुभयो ।

फोहोर व्यवस्थापन गर्न मासिक ६ हजार रुपैया तलव दिने गरी एक जना कर्मचारीको समेत व्यवस्था गरिएको छ । टोल सुधार समितिले पनि फोहोर व्यवस्थापनमा सहयोग गर्ने बताइएको छ । कुहीने फोहोरलाई कम्पोष्ट मल र नकुहीनेलाई जलाउने क्लवले जनाएको छ ।

म्याग्दी जेठ ९ गते । 

राज्य पुनसंरचना गर्दा म्याग्दीलाई टुक्रन नदिने


म्याग्दी स्थित राजनितिक दल र विभिन्न संघ संगठन राज्य पुनसंरचना गर्दा जिल्लालाई टुक्राउन नहुनेमा एकमत भएका छन् ।

म्याग्दी उद्योग वाणिज्य संघको अगुवाइमा बेनीमा भएको छलफल कार्यक्रमका सहभागि राजनितिक दल, विभिन्न जातीय संगठन र नागरीक समाजका प्रतिनिधीहरुले जिल्लालाई टुक्राउन नहुने निकर्षनिकालेका हुन् ।

भुगोल, पहिचान, र्सार्मथ्य र परिस्थितीका हिसावले म्याग्दीलाई टुक्राउँदा जिल्लाको पहिचान मेटिने तथा विकासमा पछि परेको क्षेत्र अझ पछि पर्ने भएकाले जुन प्रदेशमा समावेश गरेपनि टुक्राउन नहुने बिचार व्यक्त गरेका छन् ।

राज्य पुनसंरचना आयोगको प्रतिवेदन तथा पछिल्लो राजनितिक सहमति अनुसार म्याग्दीलाई टुत्र्ाएर दर्ुइ प्रदेशमा मिसाउने चर्चा चलीरहेका बेला सरोकारवालाले म्याग्दीको पहिचान बाचाई राख्ने प्रतिवद्धता जनाएका हुन् ।

माओवादी नेता धु्रब घिमीरेले संबिधानसभाको उपसमितिले दिएको सुझाव अनुसार पहिचानको आधारमा म्याग्दीलाई मँगरात राज्यमा समावेश गर्नुपर्ने बिचार व्यक्त गर्दै बिभाजन गर्दा बैज्ञानिक नहुने तर्क गर्नुभयो । नेपाली काँग्रेसका सभापति रेशम बानियाले भुगोल, जनताको माग र भावना तथा परिस्थतीको मूल्याङकन गर्दा म्याग्दीलाई नटुक्र्याई पोखरा केन्द्र पर्ने प्रदेशमा समावेश गर्नु उपयुक्त हुने बताउनुभयो ।

नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जुन प्रदेशमा मिलाएपनि म्याग्दी टुक्रन नहुने भन्दै जिल्लाको जातीय, ऐतिहाँसीक, आर्थिक, सामाजिक लगायत पहिचान मेटाउन नहुने र सामर्थको उचित मूल्याङकन गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष रमेशकुमार पुनले भने एकल जातीय संघियताले द्धन्द्ध निम्त्याउने भन्दै शक्ति बिकेन्द्रीकरण गरे पुग्ने बताउनुभयो ।

राप्रपाका अध्यक्ष एकेन्द्र रावल, नेकपा एकिकृतका शिवकुमार श्रेष्ठ र राष्ट्रिय जनमुक्ति पार्टर्ीी अध्यक्ष नरबहादुर थापाले म्याग्दीलाई टुक्राउन उपयुक्त नहुने भन्दै जनताको भावना बुझेर निर्ण्र्ाागर्नुपर्ने बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कुबिरकुमार श्रेष्ठको अध्यक्षता र महासचिव बेलबहादुर कटुवालको सञ्चालनमा सम्पन्न कार्यक्रममा जनजाती नेता मुक्ति रोका, नागरीक समाजका सर्ुदर्शनकुमार श्रेष्ठ लगायतले पनि आफ्नो बिचार व्यक्त गर्नुभएको थियो ।

म्याग्दी जेठ ९ गते । 

बुद्धिचालको उपाधि प्रविण श्रेष्ठलाई


माउण्ट एभरेष्ट आवासिय उच्चमावि बेनिले आयोजना गरेको बुद्धिचाल प्रतियोगीताको उपाधि बेनीका प्रविण श्रेष्ठले हात पार्नुभएको छ ।

 बेनी क्याम्पसचोकमा भएको बुद्धिचाल प्रतियोगीताको फाइनलमा शागरजिवि उपाध्यायलाई ३-० को सेटमा पराजित गर्दै चेस च्याम्पिएन बन्नुभएको हो ।

शनिबार देखि सुरुभएको बुद्धिचाल प्रतियोगीतामा सहभागी २५ जनालाई उछिन्दै फाईनलमा पुगेका श्रेष्ठ र उपाध्यायको खेल सोमबार विहान देखि सुरु भएर दिउँसो ५ बजे सकिएको थियो ।

 प्रतियोगीतामा चिरञ्जिवि शर्मालाई पराजीत गर्दै कृष्ण रावलले तेस्रो स्थान हात पार्नुभएको छ ।

बिजयि प्रतियोगिहरुलाई मंगलबार क्याम्पसचोकमा एक समापन कार्यक्रमका बिच पुरुस्कार बितरण गरीएको छ । बिजयि प्रतियोगिहरुलाई क्रमश तीन हजार, एक हजार ५ सय, हजार र पाच सय सहित मेडल, ट्रफी र प्रमाण पत्रले सम्मान गरीएको थियो ।
बिद्यालय खेलकुद शिक्षक दिनेश कार्कीको सभापतित्व, नेपाल रेडक्रस सोर्साईटी जिल्ला शाखा म्याग्दीका सभापति लेख बहादुर हमालको प्रमुख आतिथ्यता र शिक्षक कमल बानियाको संचालनमा सम्पन्न पुरुस्कार बितरण कार्यक्रममा प्राचार्य राजु केसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने म्याग्दी उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष जिवन कुमार बिश्वकर्माले बधाई मन्तव्य व्यक्त गर्नुभएको थियो ।

२०६९ जेठ ९ गते                                     सुरत केसी 

Monday, May 21, 2012

छोराद्धारा आमाको हत्या, बाबु र्घाईते


म्याग्दीको निस्कोट गाविस-२ का ५१ बषिर्य कुमार पुनले पारिवारीक विवादमा आईतवार राती ११ बजे खुकुरी प्रहारगरी ७७ बषिर्या आमा भरीमा पुनको हत्या गरेका छन । छोराको आक्रमणमा परी बाबु ७९ बषिर्य प्रमाण पुन गम्भिर र्घाईते भएका छन ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार टाउकोको विभिन्न ठाउँमा खुकुरीको चोटले सख्त र्घाईते प्रमाण पुनको दरवाङ्ग स्थित प्राथमिक श्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि जिल्ला अस्पतालमा समेत उपचार नभएपछि पोखरा रिफर गरिएको छ । र्घाईते प्रमाण पुनलाई छिमेकीले उद्धारगरी उपचारका दरवाङ्ग प्राथमिक श्वास्थ्य केन्द्रमा ल्याएका थिए । हत्यामा संलग्न कुमार पुनलाईर् इलाका प्रहरी कार्यालय दरवाङ्गले प्रकाउ गरेको छ ।
२०६९ जेठ ८ गते                                                                सुरत केसी    

Friday, May 18, 2012

डोजर सहित पुरीएका ४ जनाको शव भेटियो


कालीगण्डकी करिडोर अर्न्तगत कागबेनी झैते सडक खन्ने क्रममा बुधबार एलएनटी डोजर पुँरीदा दर्ुइ चालक सहित चार जनाको मृत्यु भएको छ ।

मुस्ताङको छुसाङ गाबिस बडा ७, चैलेको जोगीमोरा भिरमा पुरीएको डोजरभित्र रहेका ४ जनाको शव बिहीबार बिहान ६ बजे निकालीएको हो । बुधबार दिउँसो पुरीएको डोजरका चालक सिन्धुपाल्चोक मेलम्चिका २८ वषिर्य रोहित भनिने झलक माझिको बुधबार साँझनै शव निकालीएको थियो ।

डोजरसँगै पुरीएका अर्का डोजर चालक सिन्धुपाल्चोक बाँसबारी २ मेलम्चिका २९ वषिर्य धु्रब माझी, सहचालक पृथ्वीनारायण नगरपालीका ८ गोर्खाका २३ बषिर्या गोर्खे भनिने जितबहादुर राना, ट्याक्टर चालक राजपुर ६ दाङका २६ वषिर्य सुनिल कुमार चौधरीको शव आज बिहान ६ बजे भेटिएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरिक्षक राजेन्द्र पोखेलले जानकारी दिनुभयो । पहिले डोजर चालकको मात्र शव भेटिएकोमा माटो र ढुङ्गाले पुरीएको डोजर निकाल्ने क्रममा अन्य तिन जनाको शव भेटिएको प्रहरी निरिक्षक पोखरेलले बताउनुभयो ।

ठुलो हावा हुरी आएकाले सबैजना डोजर भित्र बसेको र उक्त समयमा माथीबाट ठुलो माटो, ठुंगाको ढिस्को खसी डोजर पुरीएको शंका गरिएको निरिक्षक पोखरेलले घटना स्थलबाट बताउनु भयो ।  सबैको घटनास्थलमै मृत्यु भएको मुस्ताङ र्टाईगर कन्ट्रक्सनका सञ्चालक ङुटुक गुरुङले बताउनुभयो । ढुङ्गा माटो समेत उडाउने गरि हावाहुरी चलेपछि उनीहरु एउटै डोजरभित्र बसेका समयमा पहिरो खसेको अनुमान गरिएको छ ।

स्थानिय बासीन्दा,े मजदुर, नेपाल प्रहरी, ससस्त्र प्रशरीले हिजो बेलुकाबाट उद्धारकार्य थालेका थिए । डोजरसँगै पुरीएकाहरुको शव अर्को डोजर, स्थानीयबासी र मजदुरहरुले माटो पन्छाएर निकालेका छन । पहिरोले पुरीएर डोजर पनि पर्ूण्ा रुपमा क्षत्ती भएको छ । ग्रामीण पुन निर्माण तथा पुनस्थापना आयोजना -अन्तरगत लामा कन्ट्क्सन काठमाडौले २०६७ सालदेखि सडक निमार्ण्र्ाारिरहेको छ ।

२०६९ जेठ ४ गते

नारच्याङ्गमा स्काभेटर पुरीदा चालकको मृत्यु


म्याग्दीको नारच्याङ ७ मौवाघारीमा शुक्रबार साँझ सडक खन्नेक्रममा स्काभेटरसँगै पुरीएर चालकको मृत्यु भएको छ ।

मिस्त्रीखोला जलविद्युत आयोजनाको प्रवेशमार्ग खन्ने क्रममा पटार गाउँ नजिकै पहिरोले क्याटर पिलर ३२० पिसी स्कारभेटर पुँरीदा चालक तनहुँ छिपछिपेका ३६ वषिर्य मलबहादुर गुरुङको मृत्यु भएको प्रहरी निरिक्षक प्रेम थापाले जानकारी दिनुभयो ।

प्रहरी निरिक्षक थापाका अनुसार सुख्खा पहिरो संगै स्काभेटर सडकबाट करिब ६० मिटर तल खस्दा चालक गुरुङको घटनास्थलमै मृत्यु भएको हो । सहचालक गुरुङकै छोरा धन बहादुर गुरुङ्ग भने भागेर ज्यान बचाउन सफल भएका छन् ।

प्रवेशमार्ग खनेर र्फकदै गरेको पञ्चासे कन्ट्रक्सनको स्काभेटर दिउँसो साढे ४ बजे पहिरो संगै सडकबाट तल पल्टिएर पुरीएको हो । मृतकको शव प्रहरी र स्थानीयबासीले बाहिर निकालेका छन् । पहिरोले पुरीदा स्काभेटर पुरै क्षत्ती भएको छ ।

२०६९ जेठ ५ गते बेलुकी ७ वजे                                                    सुरज/सन्तोष