Tuesday, March 12, 2013

अर्मन नमुना उर्जा गाविस घोषणा


म्याग्दीको अर्मन गाउँ विकास समितिलाई आईतबार सुधारीएको चुलो सहित घरभित्रको घुँवा मुक्त नमुना उर्जा गाविस घोषणा गरिएको छ ।

आठ सय ९३ घर रहेको अर्मनमा ९ सय ९० सुधारीएको चुलो निर्माण हुनुका साथै सबै गाविसबासीले नविकरणीय उर्जाको स्रोत सौर्य उर्जा, लद्युजलविद्युत परियोजना र वायोग्याँसको प्रयोग शुरु गरीएकाले नमुना उर्जा गाविस घोषणा गरिएको हो । यसअघि गत वर्षम्याग्दीको झिँ गाविसलाई जिल्लाको पहिलो घरभित्रको घुँवामुक्त क्षेत्र घोषणा गरिएको थियो ।

 जिविस अन्तरगतको जिल्ला उर्जा तथा वातावरणर् इकाई, धौलागिरी सामुदायीक स्रोत विकास केन्द्र -डिसीआरडिसी) बागलुङ, स्थानीयबासी, गाउँ वन समन्वय समिति, अर्मन गाविस, कालीगण्डकी पर््रवद्धक संघ म्याग्दी र पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको पहलमा अर्मनलाई नमुना उर्जा गाविस घोषणा गरिएको हो ।

बिष्णु राष्ट्रिय निमावी किमचौरमा उपस्थित अर्मन बासिन्दा र सरोकारवालाहरुले सुधारीएको चुलोको दिगो प्रयोग गर्ने सपथ खाँदै घरभित्रको घुँवामुक्त क्षेत्र घोषणा गरेका थिए । कार्यक्रममा बोल्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले घोषणालाई र्सार्थकतामा परिणत गर्न समुदाय सचेत र सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले म्याग्दी जिल्लामा सहकार्य र सहमतीको वातावरणले विकास निर्माण देखि र्सार्वजनीक सेवा प्रवाहमा सकारात्मक सहयोग मिलेको बताउनुभयो ।

यसैगरी स्थानीय विकास अधिकारी बिष्णुप्रसाद शर्माले जनस्वास्थ्य, सरसफाई र जिवनयापनलाई सहज बनाउँदै वन तथा वातावरण संरक्षणका लागि म्याग्दीलाई घरभित्रको घुँवामुक्त क्षेत्र बनाउने अभियानलाई प्राथमिकता दिईएकाले विकास योजना सफल पार्न जनस्तरबाट सहयोगको अपेक्षा रहेको बिचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै एकिकृत नेकपा माओवादी म्याग्दीका संयोजक गोविन्द पौडेल, नेपाली काँग्रेस म्याग्दीका सभापति रेशमबहादुर बानिया, राष्ट्रिय जनमोर्चा म्याग्दीका अध्यक्ष रमेशकुमार पुन, नेकपा एकिकृतका जिल्ला सेक्रेटरी धु्रबलाल शर्मा, राप्रपाका जिल्ला अध्यक्ष एकेन्द्र रावल, डिसिआरडिसीका अध्यक्षर् इश्वरलाल राजभण्डारी र शिशूकल्याण मावि अर्मनका प्रअ खगेन्द्र सापकोटाले घरभित्रको घुँवामुक्त क्षेत्र घोषणा अभियानलाई सफल पार्न चुलो प्रयोगमा निरन्तरताको आवश्यकता रहेको बताउनुभयो ।

२०६२ सालदेखि सुरु भएको सूधारीएको चुल्हो निर्माण अभियान अन्तरगत हालसम्म अर्मनमा विभिन्न निकायबाट पाँच लाख ७१ हजार एक सय रुपैया लगानी भएको अर्मन गाविसका सचिव चित्रराज आचार्यले जानकारी दिनुभयो । सुधारीएको चुहो र नविकरणीय उर्जाका स्रोतको प्रयोगबार्टर् इन्धन खपतमा कमी, स्वास्थ्यमा सुधार आउनुका साथै जनजिवन सहज हुने तथा वन र वातावरण संरक्षण हुने डिसीआरडिसीका जैवीक उर्जार् इञ्जिनियर प्रदिप ज्ञवालीले बताउनुभयो ।

सुधारीएको चुल्हो चुलो सहित घरभित्रको घुँवा मुक्त नमुना उर्जा अर्मन गाविस तयारी समितिका अध्यक्ष चन्द्रप्रसाद बुढाथोकीको अध्यक्षता, जिविसका फिल्ड संयोजक राजेन्द्र आचार्य र डिसीआरडिसीका म्याग्दी संयोजक बलराम गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्थानीयबासीले जनजाती पञ्चेबाजा सहित नाचगान गरेर खुसीयाली मनाएका थिए ।  नमूना उर्जा गाविस घोषण भएपछि जिविस म्याग्दीले अर्मनलाई ५० हजार रुपैंयाँ पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा अभियान सफल पार्न सहयोग गर्ने पर््रवद्धकसंगै सहयोगीहरुलाई सम्मान गरिएको थियो ।

२०६९ फागुन २० गते वेलुकी ७ वजे                                    सुरज केसी/सन्तोष गौतम

"कथा यात्रा" पत्रकारीता तथा सूचना प्रबिधी तालीम सुरु


म्याग्दीमा आईतबारदेखि व्यवहारीक पत्रकारीता तथा सूचना प्रबिधी सम्बन्धि तालीम "कथा यात्रा" टाभल स्टोरी क्याम्प २०१३ सुरु भएको छ ।

नेपाल स्थित अमेरीकन राजदुतावासको सहयोगमा नेपालर् इम्फो पार्क, नेपाल पत्रकार महासंघ म्याग्दी, धौलागिरि पर्यटन परिषद म्याग्दी र अन्नपर्ूण्ा धौलागिरी सामुदायिक पर्या पदमार्गको आयोजना तालीम सुरु भएको हो ।

पत्रकारहरुलाई नयाँ प्रबिधीको उपयोगमा दक्ष बनाउने र सूचना संकलन, प्रस्तुती तथा प्रकाशन प्रशारणमा सूधार ल्याउन क्षमत्ता अभिवृद्धी गराउने उद्देश्यले आयोजना गरिएको तालीममा म्याग्दी, कास्की, लमजुङ र काठमाडौ १५ जना सञ्चारकर्मीहरुको सहभागिता रहेको छ ।

टाभल स्टोरी क्याम्पमा स्थानीय जनजिवन, भौगोलिक अवस्था, पर्यटन, विकास निर्माण लगायतका विषयबस्तुलाईर् इन्टरनेट मार्फ कसरी बढी भन्दा बढी प्रभावकारी रुपमा प्रचारप्रसार र सामाजिक सञ्जाल प्रयोग गर्ने विषयलाई प्राथमिकता दिइएको तालीमका संयोजक सौरभ ढकालले जानकारी दिनुभयो ।

तालीममा सहभागिहरुले अन्नपर्ूण्ा धौलागिरी सामुदायीक पदमार्गमा पर्ने पर्वतको बाँर्सखर्क, लेकफाँट डाँडाकटेरी, म्याग्दीको राम्चे र हिस्तान गाविसका विभिन्न स्थानको ंअवलोकन गरेर समाचार सकलन, प्रस्तुतीकरण तथा सामाजिक सञ्जाल मार्फ पर््रवद्धन गर्ने आयोजकले जनाएका छन् ।

तालीमको बेनीमा सुभारम्भ गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की र प्रहरी नायव उपरिक्षक मुकुन्द मरासीनीले स्थलगत अवलोकन र व्यवहारीक तालीमले म्याग्दीको पर्यटन, सामाजिक, संास्कृतीक, आर्थिक, कृषि, विकास निर्माण लगायतका विषयमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
धौलागिरी पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाको अध्यक्ष, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष सुरज केसीको सञ्चालन र पर्ुव अध्यक्ष घनश्याम खड्काको स्वागतमा सम्पन्न तालीम सुभारम्भ कार्यक्रममा तालीम संयोजक सौरभ ढकालले तालीमको विषयबस्तुका बारेमा जानकारी गराउनुभएको थियो ।

वेनी-वाँर्सखर्क-नागी-डाँडाखर्क हुँदै हिस्तान टिकोट पुगेर समापन हुने सो यात्राको टाभल स्टोरी क्याम्प २०१३ का संयोजक पर्या पदमार्ग विज्ञ सौरभ ढकाल, कान्तिपुर टेलिभिजनका सोमेश बर्मा तथा अंकुर शर्मा र अमेरिकन राजदुतावासकी अधिकृत मिना कैनीले सहजीकरण गर्नुहुने जनाइएको छ ।

२०६९ फागुन २७ गते वेलुकी ७ वजे                                 सुरज केसी/सन्तोष गौतम

म्याग्दीको सिंगामा वस दर्घटना ११ जना घाइते


म्याग्दीको दरवाङवाट वेनी आउँदै गरेको ना ३ ख ४८०६ नम्वरको यात्रुवाहक वस सोमवार दिउँसो करीब साढे १ वजे सिंगाको र्सजानिमा दर्ुघटना हुँदा ११ जना घाइते भएका छन् ।

ब्ासको टाइरड फुस्केर ब्रेक फेल भएपछि वस सडकदेखि करिव ५ मिटर तल खस्दा दर्ुघटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घाइतेहरुमध्ये ८ जनालाई म्याग्दी अस्पतालमा उपचार हुन नसकेपछि पोखरा मणिपाल अस्पतालमा रिफर गरिएको छ । एक जनाको जिल्ला अस्पताल म्याग्दीमा उपचार भैरहेको छ भने दर्ुइ जना सामान्य उपचार पछि घर फर्केका छन् ।

जिल्ल्ाा प्रहरी कार्यालय म्याग्दीका प्रहरी सहायक निरिक्षक विष्णुवहादुर अधिकारीले दिएको जानकारी अनुसार म्याग्दीको सिंगा १ की अमृता रोका, सोही स्थानका खड्ग रोका, अर्मन ५ की लिला कुमारी रोका, सोही स्थानका हिरा रोका, पर्वत माझफाँट ८ का दर्ुगा विक, माझफाँट २ की माया विक, सिंगा तातोपानीकी कौशिला तुलाचन र वावियाचौर २ का दण्डपाणी उपाध्यायलाई पोखरा रिफर गरिएको छ ।

त्यसैगरी वागलुङ नगरपालिका वडा नं ११ की पर्ूण्ामाया सुनार र अर्मन ५ का पर्ूण्ा रोका म्याग्दी जिल्ला अस्पतालमा सामान्य उपचारपछि घर फिर्ता भएका छने भने ज्यामरुककोट गाविस वडा नं २ की मीना सापकोटाको जिल्ला अस्पताल म्याग्दीमा उपचार भैरहेको छ ।


२०६९ फागुन २८ गते वेलुकी ७ वजे                        सुरत केसी

जिल्ला परिषद्को अवसरमा दर्ुइजना पत्रकार सम्मानित


म्याग्दीको २१ औँ जिल्ला परिषद्को अवसरमा जिल्लाका दर्ुइ क्रियासिल पत्रकारलाई सम्मान गरिएको छ ।

खोजमुलक पत्रकारितामार्फ आर्थिक, सामाजिक तथा विकासको क्षेत्रमा महत्वपर्ुण्ा योगदान पुर्‍याएको भन्दै पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तथा म्याग्दीकाली एफएमका सम्पादक सुरज केसी र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका कार्यसमिति सदस्य तथा रेडियो म्याग्दीका स्टेसन संयोजक गोपाल छन्त्याललाई नगद ५ हजार, दोसल्लाले सम्मान गरिएको थियोे ।

परिषद्का प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की, स्थानिय विकास अधिकारी विष्णुप्रसाद शर्माले सम्मान गर्नुभएको हो । "सम्मानले उत्साहित बनाएको छ" सम्मानित पछि प्रतिक्रिया दिर्दै पत्रकार महासंघका अध्यक्ष केसीले भन्नुभयो । जिविसले पत्रकार प्रोत्साहन गर्न आगामी बर्षदेखि १ लाखको अक्षय  कोषबाट पुरस्कृत गर्ने बताइएको छ । विगत तिनबर्षदेखि विकास पत्रकारिता पुरस्कारको सुरुवात गरिएको थियो ।

त्यसैगरी सोही अबसरमा जिल्ला बिकास समिति म्याग्दीमा कार्यरत २ जना कर्मचारी पनि सम्मानित भएका छन । योजना फाटका चन्द्रदत्त आचार्य र कार्यलय सहयोगि फुलु गैरेलाई दोसल्ला र नगदले सम्मानित गरीएको थियो ।

२०६९ फागुन २८ गते वेलुकी ७ वजे                                        हरिकृष्ण गौतम/सुरत केसी


ब्जेट र निति तथा कार्यक्रम र्सार्बजनिकीकरग गरीयो म्याग्दीको बजेट १ अरव ६४ करोड, १० लाख, चालिस हजार


म्याग्दीको २१ औँ जिल्ला परिषद्ले आगामी आर्थिक बर्ष२०७०/०७१ का लागि साढे एक अर्ब भन्दा बढी बजेट पारित गरेको छ । सोमबार सम्पन्न परिषद्को र्सार्बजनिकीकरण कार्यक्रममा चालु र पूँजीगत खर्च गरि १ अर्ब ६४ करोड १० लाख ४० हजार रुपैयाँ बजेटको निति तथा कार्यक्रम र्सार्बजनिक गरीएको थियोे ।

बाषिर्क नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले जिल्लाको समग्र विकास लागि चालुतर्फ३३ करोड, ६ लाख र पँुजीगततर्फएक अर्ब ३० करोड ७ लाख रुपैयाँ बजेट माग गरिएको बताउनुभयो ।

नीति तथा कार्यक्रममा आधारभुत आवश्यकताका योजनालाई प्राथामिकतामा राख्दै सन् २०१५ सम्ममा घरभित्रको धुवारहित जिल्ला घोषणा, यातायात, पर्यटन, कृषिको विकासका लागि गुरुयोजना र जिल्लास्तरमा विद्युत परियोजनाको विकासका लागि संम्भाव्यता अध्ययनका जस्ता महत्वकांक्षी योजनाहरु अघि सारिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले पारित भएका नीति र कार्यक्रमहरुको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो । औपचारिक जानकारी दिन आयोजित कार्यक्रममा प्रहरी नायव उपरिक्षक मुकुन्द्र मरासनीले शान्ति सुरक्षा, नागरिक विचको सहकार्यमा महत्वपर्ुण्ा भुमिका निर्वाह गरेकोमा प्रशसा तथा प्रहरीले भेटघाटको क्रममा सास्ती दिएको भन्दै गुनासो समेत गरिएको थियो ।

स्थानीय विकास अधिकारी शर्माको अध्यक्षता र जिल्ला इञ्जिनियर हर्षगुरुङले स्वागत गर्नुभएको कार्यक्रममा एकिकृत नेकपा माओबादीका जिल्ला संयोजक गोविन्द पौडेल, नेपाली काँग्रेसका जिल्ला सभापति रेशम बानियाँ, नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेकपा माओबादीका धुव्र घिमिरे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष रमेश कुमार पुन, नेकपा एकिकृतका जिल्ला सचिब धुव्रलाल शर्मा, राप्रपा म्याग्दीका अध्यक्ष एकेन्द्र रावल, जनमुक्ति पार्टर्ीी अध्यक्ष नरबहादुर थापा र राप्रपा नेपालका उपाध्यक्ष जुद्धवीर परियारले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

राजनितिक दलका नेताहरुले जिल्लाको आर्थिक क्षेत्रमा समान धारणा लिएर अगाडी जाने बताएका थिए । जिल्लाले पर्यटन र जलविद्युतबाट प्राप्त गर्ने रोयल्टी शुल्क नपाएकाले पर्यटनका महत्वपर्ुण्ा गुरुयोजना अलपत्र परिरहेकोमा चिन्ता ब्यक्त गरिएको थियो ।

त्यस्तै, म्याग्दी उद्योग वाणिज्य अध्यक्ष कुविर कुमार श्रेष्ठ, आदीबासी जनजाति जिल्ला समवन्य समितिका उपाध्यक्ष चन्द्रबहादुर बुढा, दलित वर्ग उत्थान समवन्य समितिका उपाध्यक्ष चन्द्र बहादुर खाती, नेपाली नागरिक समाजका संयोजक र्सर्ुदशन श्रेष्ठ, पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष सुरत केसी, निर्माण व्यवसायी समितिका अध्यक्ष अमर बानियाँ र गैरसरकारी महासंघका अध्यक्ष हर्रि्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जिविसका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यले गर्नुभएको थियो ।

२०६९ फागुन २८ गते वेलुकी ७ वजे                                              हरिकृष्ण गौतम/सुरत केसी