Monday, October 24, 2011

अत्याधिक खोजिका अभियुक्त बसन्त रोका र्सार्बजनिक


जिल्ला प्रहरी कार्यालय म्याग्दीले सोमबार जिल्ला भित्र घटेका बिधिन्न अपराधिक घटनामा सम्लग्न रहेको अभियोगमा र्सबाधिक खोजिको सुचिमा रहेका एक अभियुक्तलाई र्सार्बजनिक गरेको छ ।

अन्य केही जिल्ला सहित म्याग्दीका बिभिन्न डांकाचोरी घटनामा संलग्न भई फरार रहेका दरबाङ्ग गाबिस ५ उपल्लो दुखुका २५ बषिर्य बसन्त भनिने धनिराम रोकालाई प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी र्सार्बजनिक गरेको हो ।

रोकालाई २०६७ जेठमा ताकममा भएको यार्सर्ााम्बा व्यापारी लुटपाट, २०६७ फागुन ३ गते बाबियाचौर खुम्ल्याहमा भएको डांकाचोरी, २०६८ साउन ६ गते सिङ्गा २ माटेबगर बास्कुनामा भएको डांकाचोरी, र मनाङ्गको ताचै बगर छाप गाबिसका मिङ्गमार बिष्टको घरमा भएको चोरी घटनामा सलंन भएको अभियोगमा पिडितहरुले दिएको उजुरीका आधारमा पक्राउ गरीएको प्रहरी नायब उपरीक्षक दिनेश कुमार आचार्यले जानाकारी  दिनुभयो ।

कार्त्तिक २ गते राति सदरमुकाम बेनि नजिकै ज्यामरुकोट हांडेभिरबाट पक्राउ परेका पर्ूव माओवादी लडाकु रोकालाई बाबियाचौर डांकाचोरी घटनाको अनुसन्धानका लागि अदालत पेस गरीएको र बयान पछि ताकममा भएको यार्सर्ााम्बा व्यापारी लुटपाट र सिङ्गा २ माटेबगर बास्कुनाको डांकाचोरी घटनाको अनुसन्धान शुरु गरीने प्रनाउ आचार्यले बताउनुभयो । म्याग्दीमा भएका बिभिन्न डांकाचोरी घटनामा रोकाको सम्लग्नताको अनुसन्धान पछि उनलाई मनाङ्ग पर्ठाईने समेत प्रनाउ आचार्यले जानाकारी दिनुभयो । डांकाचोरी मुद्दाका अभियुक्त रोकालाई म्याग्दी प्रहरीको टप प्रायोरिटीमा राखी लामो समयदेखी खोजि गरीएको र अहिले सफलता मिलेको प्रहरी नायब उपरीक्षक  आचार्यले बताउनुभयो ।

बाबियाचौर गाविस ३ खुम्ल्याहका नरबहादुर गुरुङको घरबाट फागुन ३ गते दर्ुइ लाख ५० हजार रुपैया नगद र १० तोला सुन चोरेको आरोपमा प्रहरीले भकिम्ली गाविस-६ घर भएका माओवादीका जिल्ला सेक्रेटरी लालु किसान, उनका पर्ूव अङ्गरक्षक कुहुं गाविस-५ का कमल किसान, दरवाङ्ग गाविस-५ का बसन्त रोका र नोकबहादुर रोका लगायतका विरुद्ध मुद्धा दर्ता गराएको थियो ।

त्यसैगरी बिम गाविस-७ का नरबहादुर जुग्जाली र कलबहादुर जुग्जाली, बाबियाचौर गाविस-३ का मनबहादुर किसान र दीपेश पुन तथा कुँहुं गाविस-८ का राजु रन्तिजा विरुद्ध डाकाचोरी मुद्दा दायर गरेको थियो । मुद्दा दायर गरीएका मध्ये पक्राउ परेका कमल किसानले बसन्तको नेतृत्वमा सुन तथा नगद लुटपाट गरेको बयान दिएका थिए । गुरुङको घरबाट नकाव लगाएका हतियारधारी समूहले १० तोला सुन र दर्ुइ लाख ५० हजार रुपैया नगद लुटपाट गरेका थिए ।

हाल कारागार चलान भएका पर्ुब माओबादी कार्यकर्ता समेत रहेका किसानले प्रहरी समक्ष एकिकृत नेकपा माओबादीका जिल्ला सेक्रेटरी लालु किसानलाई चोरी गरेको नगद र सुन बुझाएको भन्ने बयान दिएका थिए । बयानको आधारमा प्रहरीले  सेक्रेटरी किसान सहित ९ जना बिरुद्ध अदालतमा मुद्दा दर्ता गरेको थियो । सेक्रेटरी किसान अदालतको साधारण तारेखमा र कमल किसान, मनबहादुर किसान र दीपेश पुन कारागार चलान भएका छन ।

मोस्ट वाण्टेड रोका सहित ५ जनाको समुहलेे ताकम ८ मच्छिम महभिर मा २०६७ जेठ २९ गते यार्सर्ााम्बा खरिद गर्न जाने क्रममा मुदीका आसमान गुरुङ्गको साथमा रहेको ११ लाख ५० हजार नगद तथा क्यामेरा लुटपाट गरेको र कुटपिट गरी सख्त र्घाईते बनाएको पिडितले उजुरी दिएका थिए ।

त्यसैगरी २०६८ साउन ६ गते सिङ्गा २ माटेबगर बास्कुनाका खड्क बहादुर गुरुङ्ग र हर्क बहादुर गुरुङ्गको घरमा भएको डांकाचोरी पनि रोकाकै नेतृत्वमा भएको र अनुसन्धान शुरु गरीएको प्रहरी नायब उपरीक्षक आचार्यले जानाकारी  दिनुभयो । गुरुङ्ग दाजुभाईको घरबाट हतियार सहितका नकावधारी समूहले ८ तोला सुन र एक लाख ७५ हजार रुपैया नगद लुटपाट गरेका थिए ।

Tuesday, October 18, 2011

ढोरपाटमा सेनाको बिमान दर्ुघटना


नेपालगंजबाट काठमाण्डौका लागि उडेको नेपाली सेनाको बिमान मंगलबार साँझ ७.१५ बजे बाग्लुङ्गमा दर्ुघटना भएको छ ।

चालक दलका दर्ुइ सदस्य सहित चारजना यात्री बोकेर नेपालगंजबाट उडेको आर ए एन ४९ बि एन २ टि नंवरको बिमान बाग्लुङ जिल्लाको बोबाङ-९ ढोरपाटन नजिकै दर्ुघटना भएको छ ।

बिमान दर्ुघटना हुदा बोबाङ नजिकै रहेको घना जंगलमा साँझ निकै ठुलो आवाज आएको र आगलागी समेत भएको दृश्य देखिएको स्थानीय लालकुमारी थापाले बताउनुभयो ।

'म खाना खाएर बाहिर निस्कने बेला निकै ठुलो आवाजमा बत्ति बाल्दै जहाउ उडेर आयो, अनि ढ्वाङ्ग गर्दै खसेको आवाज आयो त्यहाँ हर्ेदा त आगो बलिरहेको देखियो' थापाले भन्नुभयो ।

दर्ुघटना बोबाङ गाविसको बस्तीदेखि करिव तिन घण्टाको पैदल दुरीमा रहेको चोदुँको धुरी भन्ने स्थानमा रहेको र रातीको समय भएकोले स्पस्ट जानकारी आउन समस्या परिरहेको बाग्लुङ्गका प्रमुख जिल्ला अधिकारी ख्याम बहादुर थापाले जानाकारी दिनुभयो ।

बिमानमा चालक दलका दर्ुइ सदस्यहरु क्याप्टेन दिवाकर कार्की र बिसालशिंह राठौर तथा  यात्रीहरुमा केशव ऐरी, रामहरी ऐरी, मिलन गोतामे र डा. बबिता पाठक रहेको बताइएको छ ।

२०६८ कात्तिक १ गते राति १० बजे                                                          सुरज केसी