Monday, June 18, 2012

बेनी बाट राखु भगवती जाँदै गाडी दर्ुघटना


बेनी बाट राखु भगवती जाँदै गरेको ना३ख ८२८८ नम्बरको यात्रुवाहक बस सोमबार दिउसो सवा ६ वजे दर्ुघटना हुँदा ५ जना यात्रु घाइते भएका छन् ।

  राखु भगवतीका लागि छुटेको गाडी पिप्ले गाविसको बगैचा नजिकैको धर्मसालामा दर्ुघटना भएको रघुगंगा माविका प्रअ रमेश सिं ठकुरीले जानाकारी दिनुभयो । उहाका अनुसार भिरालो, साघुरो र निकै अफ्ठ्यारो सडकका कारण दर्ुघटनामा परेको बस सडकबाट करिव दश मिटर तल खसेको थियो ।

दर्ुघटनामा परि एक बच्चासहित ८ जना घाइते भएको प्रहरीले जनाएको छ । दर्ुघटनामा परी घाइते हुनेहरुमा भगवती-५ का २० वषिर्य कमल परियार, दग्नाम-५ का १६ वषिर्य नेत्रमान गर्बुजा, भगवती ९ का ५७ वषिर्य डम्बर खत्री, पिप्ले-८ कि ३१ वषिर्या यामकुमारी गर्बुजा रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरि घाइते हुनेहरुमा पिप्ले-८ कै १३ वषिर्या एलिना गर्बुजा, पिप्लेकै तोरण भण्डारी र अन्य नाम नखुलेका दुइजना रहेका छन् । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल बेनिमा ल्याइएको घटनास्थलका यातायात व्यवसायी मोहन केसीले जानाकारी दिनुभएको छ ।

 २०६९ असार ४ गते बेलुकी ७ वजे                                                            सुरत केसी