Saturday, December 24, 2011

म्याग्दीकी अनुसा भण्डारी मिस एयर होस्टेज २०११ बन्न सफल

काठमाण्डौ स्थीत सिजन मिडियाले गतवर्षेखि आयोजना गरेको मिस एयरहोस्टेज प्रतियोगितामा म्याग्दीको दर्ुगम ताकम-४ की अनुषा भण्डारी मिस एयर होस्टेज २०११ बन्न सफल भएकी छिन ।

सिजन मिडियाको आयोजनामा गत वर्षेखि सुरु भएको प्रतियोगिता अन्तरगत यस वर्षो मिस एयर होस्टेज २०११ को उपाधिका लागि शनिबार साझं काठमाण्डौको बसुन्धरा स्थीत साहान्सा होटलमा उत्कृष्ट १० बिच सम्पन्न फाइनलबाट भण्डारी बिजेता बन्न सफल भएकी हुन ।

म्याग्दी सदरमुकाम बेनीमा रहेको लोकदिप आवासिय माध्यमिक विद्यालयबाट प्रवेशिका तथा सदरमुकामकै माउण्ट एभरेष्ट आवासिय उच्च माध्यमिक विद्यालयबाट मेनेजमेण्टमा प्लस टु उत्तिर्ण्र्ााण्डारी मुलुकभरिबाट सहभागि युवतीहरुमध्ये २४ जनालाई पछि पादै मिस एयर होस्टेज २०११ बन्न सफल भएकी हुन् ।

बिजेता भन्डारीले मिस एयर होस्टेजको ताज उपाधि सहित रु २५ हजार नगद र एयरहोस्टेज बन्ने अवसरका साथै साउथ वइस्टन स्टेट कलेज बसुन्धरामा एक वर्षो स्नातकमा पुरा छात्रवृत्तीमा पढ्न पाउनुका साथै बिभिन्न गिफ्टहृयाम्पर प्राप्त गरेकी छिन ।
सानैदेखि पढाइमा राम्रोसंग अगाडी बढिरहेकी आफ्नीछोरी यो स्थानसम्म आइपुग्दा आँफुलाई निकै गौरव महसुस भएको अनुसाका बुवा पुस्कल भण्डारीले बताउनुभएको छ । भण्डारीले भन्नुभयो-"म्याग्देलि सबैको सहयोगमा उनले सफलता पाएको र यो मेरो परिवारको मात्रै नभएर सम्पर्ुण्ा म्याग्दी जिल्लाको मात्र नभई धौलागिरि अञ्चलकै पहिचान र गौरव हो" मिस एयर होस्टेज बिजेता अनुषाका बुवा पुस्कल भण्डारी गाउँको स्थानीय एक विद्यालयका प्रअ हुनुहुन्छ् भने आमा अमृता भण्डारी सदरमुकाम बेनीमा बित्तिय संस्था सञ्चालन गरिरहनु भएको छ ।

२०६८ पुष १० गते बिहान ६.३० बजे                                                  सुरज केसी