Thursday, April 05, 2012

चट्याङले एकको मृत्यु १६ घाइते


म्याग्दीको दरवाङ्ग गाविस ५ दुखुमा बिहिबार दिउँसो साढे ५ बजे परेको चट्याङले एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन् ।

चट्याङले मृत्यु हुनेमा स्थानीय ५० वषिर्य पुटनदेवि रोका रहेकी छन् । घाइते हुनेमा याममाया रोका, लालमाया रोका, जालु रोका र पृतन सेरपुन्जा रहेका छन । उनिहरुलाई उपचारका लागि जिल्ला अस्पताल बेनि ल्यायिएको छ ।

त्यसैगरी चट्याङले स्थानिय नरीमा रोका, टकबहादुर रोका, सुजन रोका, धन बहादुर पुन, बलमान रोका, तुलमान रोका र नाम नखुलेका अन्य ६ जना र्घाईटे भएका छन् ।

 चट्याङ पर्दा मृत्तक पुटनदेवीको घर जलेर नष्ट भएको छ भने अन्य भैतिक क्षतीको विवरण प्राप्त हुन बाँकी रहेको इलाका प्रहरी चौकी दबाङ्गका प्रहरी निरीक्षक रामचन्द्र पौडेलले जानाकारी दिनुभयो ।

गत वर्षपनि यही मौसममा चट्याङ पर्दा एक जनाको मृत्यु भएको दुखुमा बिहीबार परेको चट्याङले गाउँ नै अस्तव्यस्त बनेको दरवाङबाट नगेन्द्र मल्लले जानकारी दिनुभएको छ ।

२०६८ चैत्र २३ गते बेलुकी ७ वजे                                        सुरत केसी/नगेन्द्र मल्ल