Sunday, September 18, 2011

म्याग्दीको बाबियाचौरमा बस दर्ुघटना, १३ यात्रुको मृत्यु ७ जना र्घाईते,


म्याग्दीको बाबियाचौरमा आईतबार दिउँसो बस दर्ुघटना हुँदा १३ जनाको मृत्यु भएको छ भने ७ जना र्घाईते भएका छन ।

बाबियाचौर ५ लाम्पाटादेखि दरवाङ जाँदै गरेको ग १ ख २७०४ नम्बरको बस बाबियाचौर ८ रणबाङ स्थित खहरेखोलाको उकालोमा दर्ुघटना हुँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक महेन्द्र बि.कका अनुसार घटनास्थलमै मृत्यु हुनेमा ताकम ४ निवासी जगन्नाथ प्राबि हिलापोखरीका प्रअ मुकुन्द सुवेदी, ओखरबोट गाविस चिउरीबोटका काले दमाई, गाडीका सहयोगी पुलाचौरका रुपेश नेपाली, बरङ्जाका पर्ूण्ाबहादुर छन्त्याल र र्सर्ुयमान छन्त्याल, मुना स्थित धनपाण्डे माविका शिक्षक तुलबहादुर पुन -दिपेश), सिङ्गा तातोपानीकी तारा खत्री -सारदा) र उनका ६ महिनाका छोरा, रुमका टिका रर्साईली र उनका २ वर्षा छोरा प्रभात रर्साईली तथा मुना ८ केचुङ्गका लिल बहादुर र्घर्ति रहेका छन् ।

यसैगरी बाबियौर ८ रणबाङका अशोक भण्डारी र उनकी बहीनी बेल्डिया १ नवलपरासीकी तारा केसीको जिल्ला अस्पताल म्याग्दीमा उपचारका क्रममा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको छ । दिउँसो ३ बजे जिल्ला अस्पतालमा ल्याई पुर्‍याईएको उनीहरुलाई डाक्टरले मृत्ा घोषणा गरेका थिए ।

बाबियाचौरका देव्रि्रसाद शर्मा, देविस्थानका खरबहादुर फगामी, बिमका भिमनाथ न्यौपाने, रुमका रितबहादुर खाती, इटहरीका लक्ष्मण लामिछाने, म्याग्दी सिङ्गाका दिपक पौडेल र अर्मनकी सुस्मा फगामी र्घाईते भएकी छन् । देव्रि्रसाद शर्मा, रितबहादुर खाती, लक्ष्मण लामिछाने र दिपक पौडेललाई जिल्ला अस्पताल बेनीमा सामान्य उपचार गरि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ । ३ जनाको जिल्ला अस्पतालमा उपचार गरिएको छ ।

दिउँसो पौने एक बजे दर्ुघटना भएको थियो । बस उकालो र साँघुरो सडकबाट करिब १ सय मिटर खसेको घटनास्थल पुगेका म्याग्दी जिप तथा बस सञ्चालक समितिका सचिव सुमन श्रेष्ठले बताउनुभयो । प्रहरी, यातायात व्यवसायी, रेडक्रसकर्मीे र स्थानीयबासीले मृतक तथा र्घाईतेको उद्धार गरेका थिए ।

गाडी मालीक समेत रहेका चालक रंगीला भनिने पुलाचौरका टेकबहादुर सुनार प्रहरी नियन्त्रणमा रहेका छन् । बसमा चालक सहित २२ जना सवार थिए । १ जना यात्रु रुमकी कमला बिक भने सकुसल रहेकी छन् । बेनी दरवाङ सडक खण्ड अन्तरगत पर्ने डम्मरामा २ वर्षघि भएको दर्ुघटनामा ७ जनाको मृत्यु भएको थियो । १ वर्षता म्याग्दीमा भएको सडक दर्ुघटनामा करिब ४० जनाको मृत्यु भएको छ । म्याग्दीमा कच्ची सडकको विस्तारसँगै दर्ुघटना बढेकोे छ ।

२०६८ असोज १ गते बेलुका ७ बजे                                                            सन्तोष, सुरज