Tuesday, October 18, 2011

ढोरपाटमा सेनाको बिमान दर्ुघटना


नेपालगंजबाट काठमाण्डौका लागि उडेको नेपाली सेनाको बिमान मंगलबार साँझ ७.१५ बजे बाग्लुङ्गमा दर्ुघटना भएको छ ।

चालक दलका दर्ुइ सदस्य सहित चारजना यात्री बोकेर नेपालगंजबाट उडेको आर ए एन ४९ बि एन २ टि नंवरको बिमान बाग्लुङ जिल्लाको बोबाङ-९ ढोरपाटन नजिकै दर्ुघटना भएको छ ।

बिमान दर्ुघटना हुदा बोबाङ नजिकै रहेको घना जंगलमा साँझ निकै ठुलो आवाज आएको र आगलागी समेत भएको दृश्य देखिएको स्थानीय लालकुमारी थापाले बताउनुभयो ।

'म खाना खाएर बाहिर निस्कने बेला निकै ठुलो आवाजमा बत्ति बाल्दै जहाउ उडेर आयो, अनि ढ्वाङ्ग गर्दै खसेको आवाज आयो त्यहाँ हर्ेदा त आगो बलिरहेको देखियो' थापाले भन्नुभयो ।

दर्ुघटना बोबाङ गाविसको बस्तीदेखि करिव तिन घण्टाको पैदल दुरीमा रहेको चोदुँको धुरी भन्ने स्थानमा रहेको र रातीको समय भएकोले स्पस्ट जानकारी आउन समस्या परिरहेको बाग्लुङ्गका प्रमुख जिल्ला अधिकारी ख्याम बहादुर थापाले जानाकारी दिनुभयो ।

बिमानमा चालक दलका दर्ुइ सदस्यहरु क्याप्टेन दिवाकर कार्की र बिसालशिंह राठौर तथा  यात्रीहरुमा केशव ऐरी, रामहरी ऐरी, मिलन गोतामे र डा. बबिता पाठक रहेको बताइएको छ ।

२०६८ कात्तिक १ गते राति १० बजे                                                          सुरज केसी

No comments: