Sunday, January 30, 2011

गुरुङ बस्ती थामडाँडामा होमस्टे


म्याग्दीमा गुरुङ समुदायको ठूलो बस्ती रहेको थामडाँडा गाउँमा पर्यटन वर्षाई लक्षित गरि होमस्टे सञ्चालन हुने भएको छ ।

सिङ्गा गाविसको वडा न. २ र ३ मा पर्ने थामडाँडामा बसोबास गर्ने गुरुङ समुदायका ४५ घरमा होमस्टे सञ्चालन गर्न लागिएको हो । होमस्टेका लागि अध्ययन पुरा भई स्थानियबासी पर्ूवाधार निर्माणमा जुटेका छन् ।

यसैवर्षेखि होमस्टे सञ्चालन गर्ने स्थानीयबासीले बताएका छन् । थामडाँडा गाउँ पुग्ने पर्यटककले प्राकृतिक सौर्न्दर्यका साथै गुरुङ समुदायको कला, सस्कृतीं र रहनसहनका बारेमा जानकारी पाउने स्थानीय बासी तथा तमु सेवा समाज म्याग्दीका अध्यक्ष देवबहादुर घलेले बताउनुभयो ।

 धौलागिरि हिमालको काँखमा अवस्थित थामडाँडा गाउँ पुग्न सदरमुकाम बेनीदेखि डेढ घण्टा पैदलयात्रा गर्नुपर्छ । नजिकै रहेको तातोपानी कुण्डमा आउने पर्यटकलाई थामडाँडा पुर्‍याउने योजना छ ।

विभिन्न बन्यजन्तु र पंक्षीहरुको बसोबास रहेको जिल्लकै नमुना स्थानीय थामडाँडा सामुदायीक वन पनि त्यहाँ पुग्ने पर्यटकका लागि आकर्षा बन्नेछ । सिङ्गा भएर थामडाँडा जाने पदमार्गमा पर्ने र्सर्ुकमेलाका काजिमान खत्रीले गरेको क खेती र सुन्तला बगैचा पनि पर्यटकका लागि थप आकर्षा हो ।

प्रत्येक घरमा पाहुनाका लागि एक वटा कोठाको व्यवस्था हुनेछ । गाउँमा आउने पाहुनाले गाउँमै उत्पादन भएका खानाका परिकारको स्वाद लिन सक्नेछन् । पाहुनाको स्वागत र कुकीङ तालीम सञ्चालन गरेपछि होमस्टे सञ्चालन हुने स्थानीय युवा दिनेश गुरुङले बताउनुभयो ।

 गाउँमा पुग्ने पाहुनालाई स्थानीयबासीले फुल मालाले स्वागत गर्छन् । साँझ पाहुनालाई भेला पारेर उनीहरुका रुची अनुसारका साँस्कृतीक कार्यक्रम देखाईने घलेले बताउनुभयो । पर्यटन वर्षाई लक्षित गर्दै म्याग्दीको नागी र नारच्याङमा होमस्टे सञ्चालन भैसकेको छ ।

सिङ्गा तातोपानीमा सञ्चालीत होमस्टे पनि त्यहाँ आउने पाहुनका लागि प्रभावकारी बनेको छ । पर्यटकले प्राकृतीक सौर्न्दर्यका साथै गाउँमा रहेका कला र संस्कृतीको भित्र तहसम्म अध्ययन गर्ने अवसर पाउने भएकाले होमस्टे कार्यक्रमलाई प्राथमिकता दिईएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष र्सर्ूयप्रसाद मर्सर्ााले बताउनुभयो ।

म्याग्दी माघ १६ गते ।

No comments: