Sunday, January 30, 2011

निशूल्क एमआरपी र्फम भर्ने व्यवस्था


जिल्ला प्रशासन कार्यालय म्याग्दीमा मेसिन रिडेवल पासपोर्टको निशूल्क र्फम भर्ने व्यवस्था भएपछि सेवाग्राहीले महँगो शूल्क तिरेर र्फम भर्नुपर्ने समस्याबाट मुक्ति पाएका छन् ।

जिल्ला प्रशासन कार्यालय, म्याग्दीले शुत्रबारदेखि निशूल्क एमआरपी र्फम भर्ने व्यवस्था सुरु गरेको छ । कार्यालयमा छुट्टै कार्यकक्ष स्थापना गरेर र्फम भराउने व्यवस्था गरेपछि सेवाग्राहीले व्यवसायीसँग महँगो शूल्क तिरेर र्फम भर्नुपर्ने समस्याबाट मुक्ति पाएका हुन् ।

माघ १ गतेदेखि परराष्ट्र मन्त्रालयले जिल्लाबाटै र्फम भर्नु पर्ने व्यवस्था गरेपछि यहाका र्सबसाधरणहरु व्यावसायीलाई प्रतिर्फमको तीन सय रुपैया सम्म शुल्क तिरेर र्फम पर्न बाध्य भएका थिए र्।र् इन्टरनेटको माध्यमबाट डाउनलोड गरेर र्फम भर्नुपर्ने र त्यसमा पनि विभिन्न प्रक्रियाको बारेमा अनभिज्ञ हुँदा र्सवसाधारण मर्कामा परेका हुन् ।

जिल्ला प्रशासन कार्यालयमै र्फम भर्ने सुबिधा उपलब्ध भएपछि र्फम ब्रि्रने, कागजात अपुग हुने र महाँगो शूल्क तिर्नुपर्ने समस्याबाट सेवाग्राहीले मुक्ति पाउने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

म्याग्दी माघ १६ गते ।

No comments: