Sunday, January 30, 2011

म्याग्दीमा यौन जोडी पक्राउ


शनिबार दिउसो जिल्ला प्रहरी कार्यलय म्याग्दीले बेनीका विभिन्न होटलमा छापामारी तिन जोडी संकास्पद यौन जाडीलाई पक्राउ गरेको छ ।

प्रहरी नायब उपरीक्षक नबराज भट्टका अनुसार बेनि बजार स्थित होटल नमस्ते, ताकम धारापानी र म्याग्दी होटलबाट ३ केटा र ३ केटीगरी एक/एक जोडीलाई संकास्पद अवस्थामा पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक भट्टका अनुसार तीन जोडी युवायुवतीहरु पक्राउ परेको र उनीहरुको बारेमा अनुसन्धान भै रहेको छ । प्रहरीले पक्राउ पर्नेहरुको नाम र ठेगाना भने खुलाएका छैनन । प्रक्राउ परेकाहरुलाई अनुसन्धान पछि आफन्तको जिम्मा लगाइने बताइएको छ ।

म्याग्दी माघ १६ गते ।

No comments: