Thursday, February 03, 2011

आमा समूहको सक्रियतामा मदिरा वन्द


म्याग्दीको ज्यामरुककोट गाविस वडा नम्वर २ गौश्वारा स्थित गणेश आमा समूहमा आवद्ध महिलाहरुको सक्रियतामा गाउँमा मदिरा वन्द गर्ने अभियान संचालन गरीएको छ ।

गाउँमा रक्सी पिएर होहल्ला गर्नुका साथै कुटपिट र चोरीका घटनाहरु वढ्न थालेपछि आमा समूहले कर्डाईका साथ मदिरा नियन्त्रण अभियान संचालन गरेको स्थानीयबासी किसान रिजालले जानकारी दिनुभएको छ ।

रिजालले दिएको जानकारी अनुसार आमा समूहले गाउँमा मदिरा आयात गर्ने छिमेकी गाविसमा समेत पत्राचार गरेर गौश्वारालाई मदिरा निषेधित गाउँ वनाउन लागिएकोले मदिरा नपठाउन अनुरोध समेत गरेको छ ।

गणेश आमा समूह गौश्वाराकी अध्यक्ष विमला खड्काको नेतृत्वमा गाउँमा घरेलु मदिरा उत्पादन गर्न पर्ूण्ारुपमा रोक लगाइएको छ भने वाहिरवाट ल्याउन र प्रयोग गर्न समेत प्रतिवन्ध लगाईएको छ ।

रिजालका अनुसार गाउँमा मदिरा वन्द गराउने क्रममा केही उश्रृङ्खल व्यक्तिहरुले महिलाहरुलाई मदिरा वन्द नगराउन धम्कीसमेत दिएका छन् ।

आमा समूहको सक्रियतामा गौश्वारामा विभिन्न सामाजिक तथा रचनात्मक कामहरु समेत भएका स्थानीय वासिन्दाहरुले वताएका छन् ।

म्याग्दी माघ २० गते ।

No comments: