Wednesday, February 02, 2011

खुकुरी प्रहारबाट एकै परिवारका चारजना घाइते


म्याग्दीको सिंगा गाविस वडा नंवर- ९ डाँडाखेतमा बुधबार राती एक व्यक्तिले खुकरी प्रहार गरि एकै परिवारका चारजनालाई घाइते बनाएका छन् ।
घाइते हुनेहरूमा डाँडाखेतका ३६ वषिर्य देबेन्द्र मल्ल, श्रीमती ३३ वषिर्या लालकुमारी मल्ल, ६० वषिर्या आमा मनकुमारी मल्ल र ५५ वषिर्या कान्छी आमा धनकुमारी मल्ल रहेका छन् ।
आफ्नै छिमेकी अन्दाजी ३६ वषिर्य गोरे खत्रीले बुधबार राती करिव साढे ८ बजे सुतिरहेको अवस्थामा एक्कासी घरभित्र पसि सुतिरहेका देबेन्द्र मल्लमाथी अन्दाधुन्द खुकुरी प्रहार गर्दा उनको टाउको र हातमा गम्भिर चोट लागेको र उनलाई बचाउन खोज्दा आमा, श्रीमती तथा कान्छीआमालाई पनि खुकुरी प्रहार गरि घाइते बनाएको मल्लका भाई एकेन्द्र मल्लले बताउनु भयको छ ।
हरेक समय संगै रहने आफ्नै साथीबाट एक्कासी खुकुरी प्रहार भएपछि सिङ्गाबासीहरू त्रसित भएका छन् । खत्री र मल्ल दुबैजना गाउँमा सधै सहकार्य गर्दैआएका र अहिलेसम्म कुनै रिसाइवी नभएको पनि मल्लका भाई एकेन्द्रले जानकारी दिनुभयो ।
मल्ललाई मार्ने नियतकै कारण खुकुरी प्रहार भयको हुनुसक्ने अनुमान परिवारले गरेको छ । यद्यपी उनिहरूको व्यक्तिगत दुस्मनी थियो या थिएन भन्नेबारेमा आँफुहरू अहिलेसम्म अन्यौलमा नै रहेको मल्लकी घाइते आमा मनकुमारीले बताउनु भयो ।
घाइतेहरूलाई सिङ्गा तातोपानिमा रहेको प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट गएको प्रहरी टोलीका साथै नेपाल रेडक्रस सोसाइटी म्याग्दीको सहयोगमा जिल्ला अस्पतालमा ल्याई उपचार भइरहेको छ । प्रहरीका अनुसार घटनापछि गोरे खत्री फरार छन् । घाइते मध्ये धन बहादुर मल्लको अबस्था गम्भिर रहेकाले थप उपचारका लागि पोखरा रीफर गरीयको जिल्ला अस्पताल म्याग्दीले जनायको छ ।
घटनाका बारेमा थप अनुसन्धान र फरार रहेका खत्रीको खोजीका लागि स्थानीयबासीको सहयोगमा प्रहरी परिचालन गरिएको प्रहरी नायव उपरिक्षक नवराज भट्टले बताउनु भयको छ ।
बिहिबार मात्रै बैदेशिक रोजगारका लागि साउदी अरव जाने तयारी गरिरहेका गोरे खत्रीले आफ्नै छिमेकीमाथी एक्कासी खुकुरी प्रहार गर्नु निकै रहस्यमय रहेको स्थानीयबासीहरूले बताएका छन् ।

सुरज केसी/हरीकृष्ण गौतम/अगन्धर तिवारी                             म्याग्दी माघ १९ गते ।

No comments: