Sunday, February 20, 2011

महासंघ म्याग्दी शाखामा केसी निर्वीरोध



नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको शनिबार बेनीमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले म्याग्दी सुरत केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

निर्विरोध रुपमा चयन भएको कार्यसमितिको उपाध्यक्षमा अगन्धर तिवारी, सचिवमा हरिकृष्ण गौतम, कोषाध्यक्षमा ठाकुरप्रसाद आचार्य र सहसचिवमा सन्तोष गौतम रहनुभएको छ । त्यसैगरी अन्य सदस्यहरूमा आकांक्षा रिजाल, गिता मिजार, गोपाल छन्त्याल, प्रमोद शर्मा,अमृत बास्कुने र गोपालप्रसाद रेग्मी चयन हुनुभएको छ भने घनश्याम खड्का, तारानाथ शर्मा, अमर बानिया, प्रकाश पौडेल र राजकुमार थापालाई केन्द्रिय पार्शदमा निर्वाचित हुनुभएको छ । नव निर्वाचित अध्यक्ष केसी गोरखापत्रको म्याग्दी संबाददाता हुनुहुन्छ ।

अधिवेशनपछि मन्तव्य व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष सुरज केसीले जिल्लामा न्युनतम पारिश्रमीक ऐन कार्यान्वयन, महासंघको संस्थागत विकास, भवन निर्माण र पत्रकारहरुको क्षमत्ता बिकासका लागि योजनावद्ध रुपमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो । यसैगरी कार्यसमितिलाई शुभकामना दिँदै केन्दिय प्रतिनिधि बिष्णु छिमेकी, निर्वाचन मण्डलका अध्यक्ष ठहरबहादुर भण्डारी र पर्ुव अध्यक्ष घनश्याम खड्रकाले जिल्लामा शुसासन कायम राख्नका लागि जनतालाई सुसूचित गर्दै समग्र बिकासमा पत्रकारीता क्षेत्रबाट रचनात्मक सहयोग आवश्यक रहेको बताउनु भयोको थियो ।

त्यसेगरी अधिवेशनको उदघाटनमा थप गरिएको समयसिमा भित्रै शान्ति र संबिधान जारी गर्न तथा देशमा सुशासन कायम राख्न पत्रकारीता क्षेत्रबाट रचनात्मक सहयोग आवश्यक रहेको बेनीमा आयोजित कार्यक्रमका बक्ताहरुले बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले देशको विशम परिस्थितीलाई मध्यनजर गर्दै सञ्चार जगत सचेत र सजग बनेर जनमुखी पारदर्शी तथा सभ्य समाज निर्माणका लागि रचनात्मक कार्य हुनुपर्ने बताउनुभएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, नेपाल पत्रकार महासंघका केन्द्रिय प्रतिनिधी बिष्णु छिमेकी, एकिकृत नेकपा माओवादीका जिल्ला सचिवालय सदस्य रेशम जुक्जाली -सुबिन), नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका जगलाल हर्मेल, नेकपा एकिकृतका शिवकुमार श्रेष्ठ, राप्रपाका बिरबहादुर थापा, नागरीक समाजका र्सर्ुदशनकुमार श्रेष्ठ, क्रान्तिकारी पत्रकार संघका जिल्ला अध्यक्ष ठाकुरप्रसाद आचार्य, प्रेस युनियनका जिल्ला अध्यक्ष अगन्धर तिवारी, प्रेस चौतारीका अमृत बास्कुने र क्रियाशिल महिला पत्रकार समूहकी रेखाकौशल रेग्मीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

निर्वतमान शाखा अध्यक्ष घनश्याम खड्काको सभापतित्व र सचिव तारानाथ शर्माको सञ्चालन मा सम्पन्न कार्यक्रममा सुरत केसीले स्वागत गर्नुभएको थियो ।

No comments: