Saturday, June 11, 2011

दरबारको इतिहास मेटाउने प्रयास भयो



मुस्ताङका २५ औ पर्ुव राजा झिग्मी पलवर विष्टले लोमान्थाङ दरवारलाई तिन भागमा विभाजन गर्ने सर्वोच्च अदालतको आदेश दिएपनि जिबनको अन्तिम अवस्थासम्म पनि दरवारको एतिहासिक महत्वलाई विभक्त हुन नदिने बताउनुभएको छ ।

गणतन्त्रको स्थापना संगै नेपाल सरकारले राजारजौटा सम्बन्धी ऐन खारेज गरेपछि नागरिक सरह जिवन विताइरहेका ८२ बषिर्य पर्ुव राजा विष्टले मुस्ताङको पहिचान संग जोडिएको दरवारको संरक्षण गनुपर्नेमा भागबन्डा गरेर अस्तित्व नै संकटमा पार्ने प्रयास भएकोमा निकै दुखित भएको बताउनुभएको छ ।

उहाँले २०१७ सालमै जेठा दाजु आङ्गुन विष्टले आफुँले पाउने सवै अशं लिइसकेको भएपनि पुन भाउजु डिकी डोलकर विष्टले अंशवण्डाका लागि सर्वोच्चमा रिट हालेको दावी समेत गर्नुभएको छ ।

२०५७ सालमा पुनरावेदन अदालत बाग्लुङले दरवार ऐतिहासिक महत्वको बिषय भएकाले भागबण्डा गर्न नहुने भन्दै फैसला गरेको भएपनि राजकीय अधिकारबाट बाहिर भएपछि फैसला बदलिएको उहाँको दावी छ । पर्ुव राजा विष्टकी भाउजु डिकीको निधन संगै सो मुद्धा उनकी छोरी लावाङ विष्टले काका को विरुद्ध लडिरहेकी थिईन् ।

मुद्धा फैसला भएको एक बर्षवितिसक्दा समेत कार्यान्यन नभएको भन्दै लावाङले पुन अदालतको ध्यानकर्षा गराएको जिल्ला अदालत मुस्ताङले जनाएको छ । अहिले अदालत समेत अन्यौलमा परेको छ । स्थानियबासिन्दाहरले पनि दरवारको इतिहास मेटाउने प्रयास भएको भन्दै कुनैपनि हालतमा दरवारको अंशबन्डा गर्न नदिने प्रतिक्रिया दिएका छन् ।

२०६८ जेठ २६ गते                                                                   हरिकृष्ण गौतम/मुस्ताङ्ग

No comments: