Saturday, June 11, 2011

देविस्थानमा घुम्ती शिवीर सम्पन्न


म्याग्दीको देविस्थान गाविसमा जिल्ला स्थित सरकारी कार्यालयले संचालन गरेको घुम्ती सेवा शिवीर ४ सय ३७ जनालाई नागरीकता बितरण गदै जेठ २७ गते शुक्रबार सम्पन्न भएको छ । शिवीरबाट सदरमुकाम पुगी सरकारी सेवा लिन नसक्ने अवस्थामा रहेका गाउँलेहरु लाभान्वित भएका छन्

 जिल्ला प्रशासन कार्यालयको अगुवाईमा शिवीर सञ्चालन भएपछि दर्ुगम गाउँका बासिन्दाले घरआगनमै नागरीकता, अपाङ्गता परिचयपत्र, जग्गा नामसारी, सट्टापट्टा, बकसपत्र, अंशबन्दा र नापी सम्बन्धि सेवा पाएका  छन् ।

 शिवीरमा मालपोत कार्यालय मार्फ ३ सय १३ जनाको जग्गा नामसारी, राजिनामा, सट्टापट्टा, बकसपत्र, अंशबण्डा लगाएतका काम सम्पन्न भएको छ भने नापि कार्यालय मार्फ २ सय १ जनाको कित्ताकाट गरिएको जिल्ल्ाा अनुसन्धान अधिकृत तथा घुम्ती सेवा शिवीरका सुचना प्रमुख  शिव कार्कीले जानकारी दिनुभएको छ ।

यसैगरी महिला तथा वालवालिका कार्यालयवाट २ जना क बर्गका सहित ३३ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएकोे छ । सोही अवसरमा ३ दिने महिला पुरुष समविकास तालिम पनि संचालन गरिएको थियो । १० जना पुरुष र २१ जना महिला सहभागि तालिमको सहजीकरण महिला तथा वालवालिका कार्यालय म्याग्दीका प्रमुख कल्पना सापकोटाले गर्नुभएको थियो ।

सदरमुकाम पुगी सरकारी सेवा लिन नसक्ने अवस्थामा रहेका गाउँलेलाई घरदैलोमा पुगी सरकारी सेवा उपलब्ध गराउन जिल्लाका विभिन्न ग्रामिण भेगमा घुम्ती सेवा शिवीर सञ्चालन गरीएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनुभयो ।

जनताका समस्या, पिरमर्का बुझ्ने र जनता तथा प्रशासक बीचको सम्बन्ध बिस्तार गर्न घुम्ती सेवा शिवीर प्रभावकारी भएको प्रजिअ कुरुम्वाङको भनाई छ । प्रशासन कार्यालयको अगुवाईमा यसअघि गर्ुजा, लुलाङ्ग, दग्नाम, पाखापानी, मुना, घारको खिबाङ्ग, शिख, मुदी, ताकम र दाना गाविसमा पनि शिवीर सञ्चालन गरिएको थियो ।

No comments: