Saturday, June 11, 2011

भ्ा्रष्टाचार न्युनीकरण गर्न माग


राजनितीक अस्थीरताको कारणले देशमा भ्रष्टाचार मौलाएको म्याग्दीको सदरमुकाम वेनीमा आयोजना गरेको एक कार्यक्रमका सहभागीले बताएका छन ।

ट्रान्स्परेन्सर्ीर् इन्टरनेसनल नेपालको आयोजना तथा पत्रकार माहासंघ म्याग्दीको समन्वयमा शनिबार भएको कार्यक्रममा वोल्ने वक्ताहरुलेसरकारी कायालय तथा कर्मचारीबाट वढि भ्रष्टचारजन्य गतिविधी हुने गरेको र प्रत्येक्ष मारमा गरीव र विपन्न वर्ग परेको बताएका थिए ।

कार्यक्रममा ट्रान्स्परेन्सर्ीर् इन्टरनेसनल केन्द्रीय उपाध्यक्ष एवं नेपाल उद्योग बाणिज्य महासघंका पर्ुब अध्यक्ष आनन्दराज मुल्मी, सुशासनका लागी नागरीक समाज पेाखराका अध्यक्ष चन्द्रकृष्ण कर्माचाय, उपाध्यक्ष पुन्य पौडेल, सचिव श्याम कुवँर सह सचिब तारादेबि शर्मा, कोषाध्यक्ष रबिन्द्र प्रसाद मैनालि सदश्य लेख वहादुर गुरुङ, प्राध्यापक डाक्टर बेदनाथ शर्मा, दर्ुगा न्यौपाने, लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी राम वहादुर कुरुङ्वाङले भष्टाचार जन्य गतिविधी विभिन्न निकाएमा हुने गरेको भएपनी संचार माध्ययमले उचित प्राथामीकता दिएर प्रकाशन - प्रसारण नगर्ने गरेको गुनासो गर्नुभयो ।

त्यस्तै एकीकृत माओवादीका विराज केसी, नेपाली काँग्रेस म्याग्दीका सभापती रेशम वहादुर वानीयाँ, एमालेका अध्यक्ष हरीकृष्ण श्रेष्ठ, नेकपा एकीकृतका जिल्लार् इन्चार्ज शिव श्रेष्ठ लगायतले भष्टाचार नियन्त्रणमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । कार्यक्रममा पत्रकार माहासंघ म्याग्दी शाखाका अध्यक्ष सुरत केसी, पर्व अध्यक्ष घनश्याम खड्का, उपाध्यक्ष अगन्धर तिवारी, रुप्से साप्ताहिकका सम्पादक गोरखनाथ सुवेदी लगायत पत्रकारले तथ्यलाई आधार बनाएर मात्र समाचार सम्पे्रसण गर्नु पर्नेहुदा कतिपय भष्टाचारका घटनाहरु प्रकाशन - प्रसारण गर्न नसकिएको बताउनु भएको थियो ।

कार्यक्रममा म्याग्दी उद्योग वाणीज्य माहासंघका प्रथम उपाध्यक्ष विजयकुमार श्रेष्ठ म्याग्दी बहुमुखी क्याम्पसका प्रध्यापक गोरख जिस्ाी, श्रीधर सुवेदी, लगायतले समेत भष्टचार न्युनीकरण गर्नमा सवै लाग्नुपर्ने बताउनु भएको थियो ।

कार्यक्रम नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष सुरत केसीको अध्यक्षतामा सुशासनका लागी नागरीक समाज पेाखराका अध्यक्ष चन्द्रकृष्ण कर्माचायको स्वागत मन्तव्य र पत्रकार माहासंघ म्याग्दी शाखाका सचिव हरीकृष्ण गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

२०६८ जेठ २१ गते                                                                      सुरत केसी/हरिकृष्ण गौतम

No comments: