Monday, November 01, 2010

फापरको पातबाट स्वादिष्ट दाल

मुस्ताङमा फापरको पातबाट दाल बनाउन सुरु गरिएको छ । स्थानीयबासीले फापरको पात सुकाएर उवासंग पिसेर दाल बनाउन थालेका हुन् । फापरको पिठोबाट बनाईने रोटी र ढिँडोको परिकार मुस्ताङी पहिचान मानिन्छन् ।

फापरको दाल देशकै बिभिन्न सहर र बिदेशमा निर्यात हुने गरेको छ । स्थानीयबासीले कोशेलीको रुपमा आफन्तलाई फापरको दाल पठाउने चलनको बिकास भएको जोमसोमकी फुलकुमारी शेरचनले बताउनुभयो । उहाँका अनुसार सहजै अन्य तरकारीमा पनि मिसाउन मिल्ने र पकाउन पनि सजिलो हुनेहुदा यसको माग बढेको हो ।

पछिल्लो समय मुक्तिनाथ दशर्नका लागि आउने तिथालुहरुले समेत फापरको दाल मनपराउन थाले पछि स्थानिय कृषकहरुले प्लाष्टिकमा प्याकिङ गरि बिक्री बितरण गर्न थालेका छन । प्रति एक मानाको पोकाको ५० रुपैयामा बिक्रि हुने पुथाङ एयरपोर्टका ब्यापारी बिष्णु बहादुर पुनले बताउनुभयो ।

म्याग्दी कार्तिक १५ गते ।

No comments: