Wednesday, November 03, 2010

ट्रयाक्टर दर्ुघटनामा १ जनाको मृत्यु

म्याग्दीको सदरमुकाम बेनीमा बुधबार दिउँसो भएको ट्रयाक्टर दर्ुघटनामा १ जनाको मृत्यु भएको छ भने १ जना र्घाईते भएका छन् ।

जिल्ला प्रहरी म्याग्दीका प्रहरी निरिक्षक शालीग्राम शर्माका अनुसार ग १ त ९०७ नम्बरको ट्रयाक्टर दर्ुघटना हुँदा ठेगाना र थर नखुलेका अन्दाजी १३ वषिर्या दिनेश नाम का किशोरको मृत्यु भएको हो ।

बेनी अर्थुङ्गे सडकबाट बेनीदेखि दरवाङ जाने सडकमा ट्रयाक्टर खस्दा च्यापीएर उनको मृत्यु भएका हो । ट्रयाक्टर बेनी खानेपानी योजनाको कार्यालय नजिकै सडकदेखि करिब ५ मिटर तल खसेको थियो ।

मृतक ट्रयाक्टरका सहयोगी भएको जनाइएको छ । र्घाईते चालक अर्थुङ्गे अर्थुङ्गे २ का रामकृष्ण थापालाई जिल्ला अस्पताल, म्याग्दीमा सामान्य उपचारपछि पोखरा पर्ठाईएको प्रहरी निरिक्षक शर्माले बताउनुभयो ।

त्यसै गरी बेनिमै बुधबार दिउसो ना ३ ख ४०८०  नम्बरको ट्रकले  ठक्कर दिदा बरंजा ५ की १७ बषिर्या रमा परीयार घाइते भयकी छीन । परीयारको देबे्र खुझ्ाको पैतलामा चोट लागेको छ ।

म्याग्दी कार्तिक १७ गते ।

No comments: