Monday, November 01, 2010

घोरेपानीमा पर्यटकको र्घर्ुइचो

म्याग्दी जिल्लाको प्रमुख पर्यटकीय स्थल घोरेपानीका पर्यटकहरुको आगमन सुरु भएको छ । पर्यटक सिजनको सुरुवाटसंगै म्याग्दीको सदरमुकाम बेनी, कास्कीको घान्दुक र मुस्ताङको लेते हुदैं ठुलो संख्यामा पर्यटकहरु घोरेपानी जान थालेका छन् ।

दैनिक २४७ जनाको हाराहारमा आन्तरीक तथा वाहृ्य पर्यटकहरू घोरेपानी क्षेत्रमा प्रवेश गर्ने गरेको इलाका प्रहरी कार्यालय घोरेपानीले जनाएको छ । असोज महिनामा मात्र २ हजार ९ सय ८९ जना विदेशी पर्यटकहरु घोरेपानी आएको इलाका प्रहरी कार्यालय घोरेपानीका प्रहरी निरिक्षक टेक रोकाले बताउनुभयो । केही दिनसम्म सुनसान देखिने होटलहरुमा एक्कासी पर्यटकहरु आएपछि ब्यवसायी निकै उत्साहित भएका छन् ।

चिन, भारत, बेल्जियम, इटली, जर्मनर्,र् इजरायल, फं्रान्स, अमेरिका, कोरिया लगाएतका मुलुकबाट पर्यटकहरु आउने गरेको छन् । यो बर्षअन्य मुलुकको तुलनामा सवैभन्दा बढि चिनियाँ नागरिकहरु घोरेपानी आएको इलाका प्रहरी कार्यालयको तथ्याङकमा उल्लेख गरिएको छ ।

घोरेपानीमा रहेका सानाठुला ४० होटलमा एक पटकमा ८ सय पर्यटक धान्ने क्षमता रहेको होटल सन्नी घोरेपानीका सञ्चालक डमबहादुर गर्वुजाले बताउनुभयो । त्यस्तै घोरेपानी कै पुरानो होटल हंग्री आइका सञ्चालक भीम पुनले सोचे भन्दा बढि पर्यटकहरुको आगमन पछि होटल व्यवसायी उत्साहीत बनेका बताउनुभयो ।

होटल ब्यवसायीहरुले पर्यटन बर्ष२०११ लाई लक्षित होटलको सुविधा विस्तार लगाएत पर्ुवाधार निर्माण गरिरहेको होटल व्यवस्थापन समितिका अध्यक्ष ओम पुन जानकारी दिनुभयो । मगर सामुदायको मात्र बस्ती रहेको घोरेपानीका प्रत्येक घरमा खानबस्नको सुविधा छ ।

चार दशकअघि अन्नपर्ुण्ा पदयात्रा मार्ग सुरु भएपछि बाटो हिड्ने पर्यटकका लागि चिया, नास्ता खुवाउन खुलेका साना होटल तथा भट्टीले पर्यटकको बाक्लो आगमनसँगै स्तरीय होटलमा विकास गरेका थिए ।

म्याग्दी कार्तिक १५ गते ।

No comments: