Monday, November 01, 2010

चिसोले पर्यटकको मृत्यु

मुस्ताङको मुक्तिनाथमा एक जना पर्यटकको चिसोको कारणले मृत्यु भएको छ ।

मुक्तिनाथ गाविसको होटल रोयल मुस्ताङमा बसेका ५५ वषर्ीय जर्मन नागरिक जमार्ड स्टेसिन विथेक्सको चिसोका कारण कोठामा शनिबार राती मृत्यु भएको प्रहरीले जनाएको छ ।

शसस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट मुस्ताङका प्रहरी निरिक्षक चिरञ्जिवी प्रर्साईका अनुसार मृतकको शव सदरमुकाम जोमसोम स्थित जिल्ला अस्पतालमा राखिएको छ । पासपोर्ट नम्बर सीजीजे २२२९ टिभि बोकेका उनको साथमा एकजना सहयोगि थिए ।

मृतकको शव पोष्ट मार्टमका लागि काठमाडौ लैजाने तयारी गरिए पनि खराम मौसमका कारण हवाई उडान हुन नसक्दा समस्या भएको छ । केही दिनयता मुस्ताङमा जाडो बढेपछि जनजिवन प्रभावित बनेको छ ।

म्याग्दी कार्तिक १५ गते ।

No comments: