Friday, March 04, 2011

चोरीको अभियोग लागेकf एकिकृत नेकपा माओवादी म्याग्दीका सचिव लालु किसान खोजी


म्याग्दी स्थित छ राजनितिक दलले बिहीबार संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरि एकिकृत नेकपा माओवादी म्याग्दीका जिल्ला सचिव लालु किसान र सो पार्टर्ीी अन्य कार्यकर्ताहरूको संलग्नतामा गत फागुन ३ गते बाबियाचौरमा चोरीको घटना भएको भन्दै ध्यानाकर्षा भएको जनाएका छन् ।

नेपाली काँग्रेसका जिल्ला सभापति रेशमबहादुर बानीया, एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेकपा एकिकृतका जिल्लार् इञ्चार्ज शिव श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका सचिव जगत बिक, जनमुक्ति पार्टर्ीी अध्यक्ष नरबहादुर थापा र राप्रपा अध्यक्ष एकेन्द्र रावलले विज्ञप्ती प्रकाशित गरी दलका जिम्मेवार नेताको संलग्नतामा भएको यस घटनाले राजनीतिक दलहरूको शिर निहुरिएको जनाउनुभएको छ ।

आफ्नै पार्टर्ीी कार्यकर्ताले घटनामा नेतृत्वको संलग्नता रहेको पुष्टि गरेपछि पनि आरोपीत व्यक्तिले कानुनलाई सहयोग गर्नुको साटो भ्रष्ट्राचारको बाहना बनाएर घटनालाई तोडमोड गर्न खोजीएको विज्ञप्तीमा उल्लेख गरिएको छ । यस घटनाले माओवादीको नीयतप्रति शंका उब्जाएको उल्लेख गर्दै विज्ञप्तीमा यथास्रि्र सत्यतथ्य बाहिर ल्याई जनताको जिउधनको सुरक्षाका साथै घटनामा संलग्नहरुलाई कारबाही दिलाई जिल्लावासीलाई शान्तिसुरक्षाको प्रत्याभूति दिन सरकार समक्ष विज्ञप्तीमार्फ माग गरिएको छ ।

यसैगरी नेताहरुले शुक्रबारनै म्याग्दीका प्रहरी नायव उपरिक्षक नवराज भट्टलाई भेटेर अनुसन्धान प्रक्रियालाई निरन्तरता दिई सत्य, तथ्य प्रमाण जुटाएर कानुनी आधारमा कार्बाही गर्न माग गरेका छन् ।

आरोपीत माओवादी म्याग्दीका जिल्ला सचिव किसानलाई पक्राउ गर्न प्रहरीले खोजी सुरु गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि प्रहरी नायव उपरिक्षक भट्टले घटनामा किसानको संलग्नता भएको खुलेकाले अनुसन्धानका लागि पक्राउ गर्न खोजी सुरु गरिएको जानकारी दिनुभयो ।

प्रनाउ भट्टले प्रमाण जुटाएर दोषीलाई कारबाही गर्न आफू प्रतिवद्ध रहेको र सोका लागि सहयोग गर्न सरोकारवालाहरूलाई अनुरोध गर्नुभएको छ । बाबियाचौर गाविस ३ खुम्ल्याहका नरबहादुर गुरुङको घरमा फागुन ३ गते भएको चोरीको घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका किसानका पर्ुव सहयोगी कमल सार्कीले सेक्रेटरी किसानको 'निर्देशनमा चोरी गरेको' भनि प्रहरीसँग बयान दिएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

गुरुङको घरबाट दर्ुइ लाख ५० हजार रुपैया नगद र १० तोला सुन चोरेको आरोपमा प्रहरीले कुहुँका सार्की सहित स्थानीय मनबहादुर किसान र दिपेश पुनलार्इर्र्पक्राउ गरेको थियो । फागुन ८ गते एकिकृत माओबादीको पार्टर्ीीार्यालयबाट पक्राउ परेका सार्कीले नगद तथा जिन्सी सम्पुण माओवादी म्याग्दीका जिल्ला सचिव किसानलाईनै बुझाएको बयान दिएका छन् ।

म्याग्दी फागुन २० गते ।

No comments: