Sunday, March 20, 2011

माओवादी सेक्रेटरी लालु किसान विरुद्ध डाकाचोरी मुद्दा दर्ता


एकिकृत नेकपा माओवादी म्याग्दीका सेक्रेटरी लालु किसान समेत ९ जना कार्यकर्ता विरुद्ध जिल्ला अदालत म्याग्दीमा आईतबार डाकाचोरी मुद्दा दर्ता भएको छ ।

गत फागुन ३ गते राती बाबियाचौर गाविस-४ र्‍यालेखोरका नरबहादुर गुरुङ्गको घरमा नकाव लगाएका हतियारधारी समुहले १० तोला सुन ४ लाख नगद रुपैया लुटपाट घट्नामा संलग्नता दावि गर्दै प्रहरीले भकिम्ली गाविस-६ घर भएका माओवादीका जिल्ला सेक्रेटरी लालु किसान, उनका पर्ूव अङ्गरक्षक कुहुं गाविस-५ का कमल किसान, दरवाङ्ग गाविस-५ का बसन्त रोका र नोकबहादुर रोका, विम गाविस-७ का नरबहादुर जुग्जाली र कलबहादुर जुग्जाली, बाबियाचौर गाविस-३ का मनबहादुर किसान र दीपेश पुन र कुहुं गाविस-८ का राजु रन्तिजा विरुद्ध डाकाचोरी मुद्दा दायर गरेको हो ।

पीडितले प्रहरीमा दिएको हुलियाको आधारमा प्रक्राउ परेका स्थानिय २९ बषिर्य मनबहादुर किसान, दिपेश पुन र सेक्रेटरी लालु किसानका अङ्गरक्षक कमल किसान बाहेक अन्य प्रतिवादीहरु 'फरार' छन् । पक्राउ परेका कमल किसानले माओवादी जिल्ला नेताको नाम पोलेका हुन् । प्रहरीले आईतवार ढिलागरी अदालतमा मुद्धा दर्ता गर्न ल्याएकोले समय अभाव भएको भन्दै अदालतले प्रतिवादीलाई सोमबार बिहान १० बजे उपस्थित गराउने गरी कारागार पठाएको छ ।

आरोपित नेता लालु किसानले घट्नामा आप\m र आप\mनो पार्टर्ीीे कुनै संलग्नता नभएको दावी गर्दै षडयन्त्र भै रहेको बताउनु भएको छ ।

सुरत केसी                                                                    म्याग्दी चैत ६ गते ।

No comments: