Tuesday, March 12, 2013

म्याग्दीको सिंगामा वस दर्घटना ११ जना घाइते


म्याग्दीको दरवाङवाट वेनी आउँदै गरेको ना ३ ख ४८०६ नम्वरको यात्रुवाहक वस सोमवार दिउँसो करीब साढे १ वजे सिंगाको र्सजानिमा दर्ुघटना हुँदा ११ जना घाइते भएका छन् ।

ब्ासको टाइरड फुस्केर ब्रेक फेल भएपछि वस सडकदेखि करिव ५ मिटर तल खस्दा दर्ुघटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घाइतेहरुमध्ये ८ जनालाई म्याग्दी अस्पतालमा उपचार हुन नसकेपछि पोखरा मणिपाल अस्पतालमा रिफर गरिएको छ । एक जनाको जिल्ला अस्पताल म्याग्दीमा उपचार भैरहेको छ भने दर्ुइ जना सामान्य उपचार पछि घर फर्केका छन् ।

जिल्ल्ाा प्रहरी कार्यालय म्याग्दीका प्रहरी सहायक निरिक्षक विष्णुवहादुर अधिकारीले दिएको जानकारी अनुसार म्याग्दीको सिंगा १ की अमृता रोका, सोही स्थानका खड्ग रोका, अर्मन ५ की लिला कुमारी रोका, सोही स्थानका हिरा रोका, पर्वत माझफाँट ८ का दर्ुगा विक, माझफाँट २ की माया विक, सिंगा तातोपानीकी कौशिला तुलाचन र वावियाचौर २ का दण्डपाणी उपाध्यायलाई पोखरा रिफर गरिएको छ ।

त्यसैगरी वागलुङ नगरपालिका वडा नं ११ की पर्ूण्ामाया सुनार र अर्मन ५ का पर्ूण्ा रोका म्याग्दी जिल्ला अस्पतालमा सामान्य उपचारपछि घर फिर्ता भएका छने भने ज्यामरुककोट गाविस वडा नं २ की मीना सापकोटाको जिल्ला अस्पताल म्याग्दीमा उपचार भैरहेको छ ।


२०६९ फागुन २८ गते वेलुकी ७ वजे                        सुरत केसी

No comments: