Tuesday, March 12, 2013

"कथा यात्रा" पत्रकारीता तथा सूचना प्रबिधी तालीम सुरु


म्याग्दीमा आईतबारदेखि व्यवहारीक पत्रकारीता तथा सूचना प्रबिधी सम्बन्धि तालीम "कथा यात्रा" टाभल स्टोरी क्याम्प २०१३ सुरु भएको छ ।

नेपाल स्थित अमेरीकन राजदुतावासको सहयोगमा नेपालर् इम्फो पार्क, नेपाल पत्रकार महासंघ म्याग्दी, धौलागिरि पर्यटन परिषद म्याग्दी र अन्नपर्ूण्ा धौलागिरी सामुदायिक पर्या पदमार्गको आयोजना तालीम सुरु भएको हो ।

पत्रकारहरुलाई नयाँ प्रबिधीको उपयोगमा दक्ष बनाउने र सूचना संकलन, प्रस्तुती तथा प्रकाशन प्रशारणमा सूधार ल्याउन क्षमत्ता अभिवृद्धी गराउने उद्देश्यले आयोजना गरिएको तालीममा म्याग्दी, कास्की, लमजुङ र काठमाडौ १५ जना सञ्चारकर्मीहरुको सहभागिता रहेको छ ।

टाभल स्टोरी क्याम्पमा स्थानीय जनजिवन, भौगोलिक अवस्था, पर्यटन, विकास निर्माण लगायतका विषयबस्तुलाईर् इन्टरनेट मार्फ कसरी बढी भन्दा बढी प्रभावकारी रुपमा प्रचारप्रसार र सामाजिक सञ्जाल प्रयोग गर्ने विषयलाई प्राथमिकता दिइएको तालीमका संयोजक सौरभ ढकालले जानकारी दिनुभयो ।

तालीममा सहभागिहरुले अन्नपर्ूण्ा धौलागिरी सामुदायीक पदमार्गमा पर्ने पर्वतको बाँर्सखर्क, लेकफाँट डाँडाकटेरी, म्याग्दीको राम्चे र हिस्तान गाविसका विभिन्न स्थानको ंअवलोकन गरेर समाचार सकलन, प्रस्तुतीकरण तथा सामाजिक सञ्जाल मार्फ पर््रवद्धन गर्ने आयोजकले जनाएका छन् ।

तालीमको बेनीमा सुभारम्भ गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की र प्रहरी नायव उपरिक्षक मुकुन्द मरासीनीले स्थलगत अवलोकन र व्यवहारीक तालीमले म्याग्दीको पर्यटन, सामाजिक, संास्कृतीक, आर्थिक, कृषि, विकास निर्माण लगायतका विषयमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
धौलागिरी पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाको अध्यक्ष, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष सुरज केसीको सञ्चालन र पर्ुव अध्यक्ष घनश्याम खड्काको स्वागतमा सम्पन्न तालीम सुभारम्भ कार्यक्रममा तालीम संयोजक सौरभ ढकालले तालीमको विषयबस्तुका बारेमा जानकारी गराउनुभएको थियो ।

वेनी-वाँर्सखर्क-नागी-डाँडाखर्क हुँदै हिस्तान टिकोट पुगेर समापन हुने सो यात्राको टाभल स्टोरी क्याम्प २०१३ का संयोजक पर्या पदमार्ग विज्ञ सौरभ ढकाल, कान्तिपुर टेलिभिजनका सोमेश बर्मा तथा अंकुर शर्मा र अमेरिकन राजदुतावासकी अधिकृत मिना कैनीले सहजीकरण गर्नुहुने जनाइएको छ ।

२०६९ फागुन २७ गते वेलुकी ७ वजे                                 सुरज केसी/सन्तोष गौतम

No comments: