Tuesday, March 12, 2013

अर्मन नमुना उर्जा गाविस घोषणा


म्याग्दीको अर्मन गाउँ विकास समितिलाई आईतबार सुधारीएको चुलो सहित घरभित्रको घुँवा मुक्त नमुना उर्जा गाविस घोषणा गरिएको छ ।

आठ सय ९३ घर रहेको अर्मनमा ९ सय ९० सुधारीएको चुलो निर्माण हुनुका साथै सबै गाविसबासीले नविकरणीय उर्जाको स्रोत सौर्य उर्जा, लद्युजलविद्युत परियोजना र वायोग्याँसको प्रयोग शुरु गरीएकाले नमुना उर्जा गाविस घोषणा गरिएको हो । यसअघि गत वर्षम्याग्दीको झिँ गाविसलाई जिल्लाको पहिलो घरभित्रको घुँवामुक्त क्षेत्र घोषणा गरिएको थियो ।

 जिविस अन्तरगतको जिल्ला उर्जा तथा वातावरणर् इकाई, धौलागिरी सामुदायीक स्रोत विकास केन्द्र -डिसीआरडिसी) बागलुङ, स्थानीयबासी, गाउँ वन समन्वय समिति, अर्मन गाविस, कालीगण्डकी पर््रवद्धक संघ म्याग्दी र पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको पहलमा अर्मनलाई नमुना उर्जा गाविस घोषणा गरिएको हो ।

बिष्णु राष्ट्रिय निमावी किमचौरमा उपस्थित अर्मन बासिन्दा र सरोकारवालाहरुले सुधारीएको चुलोको दिगो प्रयोग गर्ने सपथ खाँदै घरभित्रको घुँवामुक्त क्षेत्र घोषणा गरेका थिए । कार्यक्रममा बोल्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले घोषणालाई र्सार्थकतामा परिणत गर्न समुदाय सचेत र सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले म्याग्दी जिल्लामा सहकार्य र सहमतीको वातावरणले विकास निर्माण देखि र्सार्वजनीक सेवा प्रवाहमा सकारात्मक सहयोग मिलेको बताउनुभयो ।

यसैगरी स्थानीय विकास अधिकारी बिष्णुप्रसाद शर्माले जनस्वास्थ्य, सरसफाई र जिवनयापनलाई सहज बनाउँदै वन तथा वातावरण संरक्षणका लागि म्याग्दीलाई घरभित्रको घुँवामुक्त क्षेत्र बनाउने अभियानलाई प्राथमिकता दिईएकाले विकास योजना सफल पार्न जनस्तरबाट सहयोगको अपेक्षा रहेको बिचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै एकिकृत नेकपा माओवादी म्याग्दीका संयोजक गोविन्द पौडेल, नेपाली काँग्रेस म्याग्दीका सभापति रेशमबहादुर बानिया, राष्ट्रिय जनमोर्चा म्याग्दीका अध्यक्ष रमेशकुमार पुन, नेकपा एकिकृतका जिल्ला सेक्रेटरी धु्रबलाल शर्मा, राप्रपाका जिल्ला अध्यक्ष एकेन्द्र रावल, डिसिआरडिसीका अध्यक्षर् इश्वरलाल राजभण्डारी र शिशूकल्याण मावि अर्मनका प्रअ खगेन्द्र सापकोटाले घरभित्रको घुँवामुक्त क्षेत्र घोषणा अभियानलाई सफल पार्न चुलो प्रयोगमा निरन्तरताको आवश्यकता रहेको बताउनुभयो ।

२०६२ सालदेखि सुरु भएको सूधारीएको चुल्हो निर्माण अभियान अन्तरगत हालसम्म अर्मनमा विभिन्न निकायबाट पाँच लाख ७१ हजार एक सय रुपैया लगानी भएको अर्मन गाविसका सचिव चित्रराज आचार्यले जानकारी दिनुभयो । सुधारीएको चुहो र नविकरणीय उर्जाका स्रोतको प्रयोगबार्टर् इन्धन खपतमा कमी, स्वास्थ्यमा सुधार आउनुका साथै जनजिवन सहज हुने तथा वन र वातावरण संरक्षण हुने डिसीआरडिसीका जैवीक उर्जार् इञ्जिनियर प्रदिप ज्ञवालीले बताउनुभयो ।

सुधारीएको चुल्हो चुलो सहित घरभित्रको घुँवा मुक्त नमुना उर्जा अर्मन गाविस तयारी समितिका अध्यक्ष चन्द्रप्रसाद बुढाथोकीको अध्यक्षता, जिविसका फिल्ड संयोजक राजेन्द्र आचार्य र डिसीआरडिसीका म्याग्दी संयोजक बलराम गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्थानीयबासीले जनजाती पञ्चेबाजा सहित नाचगान गरेर खुसीयाली मनाएका थिए ।  नमूना उर्जा गाविस घोषण भएपछि जिविस म्याग्दीले अर्मनलाई ५० हजार रुपैंयाँ पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा अभियान सफल पार्न सहयोग गर्ने पर््रवद्धकसंगै सहयोगीहरुलाई सम्मान गरिएको थियो ।

२०६९ फागुन २० गते वेलुकी ७ वजे                                    सुरज केसी/सन्तोष गौतम

No comments: