Tuesday, March 12, 2013

ब्जेट र निति तथा कार्यक्रम र्सार्बजनिकीकरग गरीयो म्याग्दीको बजेट १ अरव ६४ करोड, १० लाख, चालिस हजार


म्याग्दीको २१ औँ जिल्ला परिषद्ले आगामी आर्थिक बर्ष२०७०/०७१ का लागि साढे एक अर्ब भन्दा बढी बजेट पारित गरेको छ । सोमबार सम्पन्न परिषद्को र्सार्बजनिकीकरण कार्यक्रममा चालु र पूँजीगत खर्च गरि १ अर्ब ६४ करोड १० लाख ४० हजार रुपैयाँ बजेटको निति तथा कार्यक्रम र्सार्बजनिक गरीएको थियोे ।

बाषिर्क नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले जिल्लाको समग्र विकास लागि चालुतर्फ३३ करोड, ६ लाख र पँुजीगततर्फएक अर्ब ३० करोड ७ लाख रुपैयाँ बजेट माग गरिएको बताउनुभयो ।

नीति तथा कार्यक्रममा आधारभुत आवश्यकताका योजनालाई प्राथामिकतामा राख्दै सन् २०१५ सम्ममा घरभित्रको धुवारहित जिल्ला घोषणा, यातायात, पर्यटन, कृषिको विकासका लागि गुरुयोजना र जिल्लास्तरमा विद्युत परियोजनाको विकासका लागि संम्भाव्यता अध्ययनका जस्ता महत्वकांक्षी योजनाहरु अघि सारिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले पारित भएका नीति र कार्यक्रमहरुको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो । औपचारिक जानकारी दिन आयोजित कार्यक्रममा प्रहरी नायव उपरिक्षक मुकुन्द्र मरासनीले शान्ति सुरक्षा, नागरिक विचको सहकार्यमा महत्वपर्ुण्ा भुमिका निर्वाह गरेकोमा प्रशसा तथा प्रहरीले भेटघाटको क्रममा सास्ती दिएको भन्दै गुनासो समेत गरिएको थियो ।

स्थानीय विकास अधिकारी शर्माको अध्यक्षता र जिल्ला इञ्जिनियर हर्षगुरुङले स्वागत गर्नुभएको कार्यक्रममा एकिकृत नेकपा माओबादीका जिल्ला संयोजक गोविन्द पौडेल, नेपाली काँग्रेसका जिल्ला सभापति रेशम बानियाँ, नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेकपा माओबादीका धुव्र घिमिरे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष रमेश कुमार पुन, नेकपा एकिकृतका जिल्ला सचिब धुव्रलाल शर्मा, राप्रपा म्याग्दीका अध्यक्ष एकेन्द्र रावल, जनमुक्ति पार्टर्ीी अध्यक्ष नरबहादुर थापा र राप्रपा नेपालका उपाध्यक्ष जुद्धवीर परियारले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

राजनितिक दलका नेताहरुले जिल्लाको आर्थिक क्षेत्रमा समान धारणा लिएर अगाडी जाने बताएका थिए । जिल्लाले पर्यटन र जलविद्युतबाट प्राप्त गर्ने रोयल्टी शुल्क नपाएकाले पर्यटनका महत्वपर्ुण्ा गुरुयोजना अलपत्र परिरहेकोमा चिन्ता ब्यक्त गरिएको थियो ।

त्यस्तै, म्याग्दी उद्योग वाणिज्य अध्यक्ष कुविर कुमार श्रेष्ठ, आदीबासी जनजाति जिल्ला समवन्य समितिका उपाध्यक्ष चन्द्रबहादुर बुढा, दलित वर्ग उत्थान समवन्य समितिका उपाध्यक्ष चन्द्र बहादुर खाती, नेपाली नागरिक समाजका संयोजक र्सर्ुदशन श्रेष्ठ, पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष सुरत केसी, निर्माण व्यवसायी समितिका अध्यक्ष अमर बानियाँ र गैरसरकारी महासंघका अध्यक्ष हर्रि्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जिविसका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यले गर्नुभएको थियो ।

२०६९ फागुन २८ गते वेलुकी ७ वजे                                              हरिकृष्ण गौतम/सुरत केसी

No comments: