Wednesday, February 20, 2013

ट्याक्टरको ठक्करबाट एक र्घाईते


म्याग्दी सदरमुकाम बेनी स्थित हुलाचोकमा बुधबार दिउँसोे ट्याक्टरले ठक्कर दिँदा एक जना बटुवा र्घाईते भएका छन् ।

हुलाकचोक बाट न्युरोड जाँदै गरेको ध १ त १७७ नम्बरको ट्याक्टरले सडक छेउमा हिँडीरहेका बिम ९ म्याग्दीका ३८ वषिर्य कमल केसीलाई ठक्कर दिएर र्घाईते बनाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी सहायक निरिक्षक कृष्ण बेलबासेले र्घाईतेलाई जिल्ला अस्पताल बेनीमा समान्य उपचारपछि मणिपाल शिक्षण अस्पताल पोखरामा रिफर गरिएको जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीका अनुसार खुट्टा र अनुहारमा चोट लागेर र्घाईते भएका केसीको अवस्था सामान्य रहेको छ । ट्याक्टर र सोका चालक मकवानपुरका सुरेश लामालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको प्रहरी सहायक निरिक्षक बेलबासेले जानाकारी दिनुभयो ।

२०६९ फागुन ९ गते दिउँसो ४ बजे                                            

No comments: