Saturday, February 23, 2013

खुल्ला मञ्चमा माटोको थुप्रो, तयारीमा समस्या भएको गुनासो


म्याग्दीको सदरमुकाम बेनीबजार स्थित खुल्ला मञ्चमा राखिएको माटोको थुप्रोले खेलकुद गतिबिधि प्रभावित भएका छन । मञ्च स्तरउन्नतीका लागि दर्ुइ हप्ता आगाडीनै माटो राखिएको भएपनि त्यसको ब्यवस्थापन नगर्दा समस्या भएको खेलाडीले बताएका छन ।

आगामी हप्ता पश्चिम म्याग्दीको दरबाङमा हुने फुटबलको तयारीमा रहेका बेनीबजारका युवा क्लवहरु बैकल्पिक मैदानको अभावमा अभ्यास विनानै खेलमा सहभागिता जनाउने तयारीमा रहेको बुद्ध युवा क्लव बेनीका सविन केसीले बताउनुभयो । "प्रयाप्त तयारी गर्न पाएका छैनौ, दर्ुइहप्ता अगाडी राखिएको माटो अहिलेसम्म पनि उस्तै छ" केसीले भन्नुभयो, "बैकल्पिक मैदानको अभावले खेलाडी समस्यामा परेका छन ।" जिल्लाकै महत्वपर्ुण्ा मैदान भएता पनि सम्बन्धित निकायले चासो नदेखाएको गुनासो समेत गरेका छन ।

दरबाङस्थित पश्चिम म्याग्दी युवा क्लवले ५० हजार राशीको प्रतियोगिताको आयोजना गरेपछि त्यसलाई आफ्नो पकडमा पार्न बेनीबजारमा रहेका युवा क्लवहरुले तयार गरेपनि अभ्यास गर्ने खेलमैदान नहुदाँ समस्या भएको खेलाडीले बताएका छन ।

अर्थुङे गाविसले मञ्चको स्तरउन्ती गर्ने योजनाका साथ माटो राखिएको जनाएको छ । जिल्लाकै महत्वपर्ुण्ा मञ्च भएपनि त्यसलाई ब्यवस्थित बनाउन नसकिएको गुनासो आएपछि स्तरउन्नतीको प्रयास भइरहेको गाविस सचिव कृष्णबहादुर कार्कीले बताउनुभयो ।

२०६९ फागुन १२ गते दिउसो ४ वजे                                    हरि गिरी/सुरत केसी

No comments: