Wednesday, February 20, 2013

दोहोरि क्षेत्रमा संझनलायक लामो यात्रा .....संञ्चारकर्मि प्रकाश पौडेल



२०५४ सालमा दोहोरि तिर लाग्दा कलाकार  प्रकाश पौडेलले आफनो लोक दोहोरिको बाटो एति लामो हुन्छ भनेर सोच्नु भएको थियन । पहिलो पटक २०५४ सालमा राष्ट्रीय लोक गित प्रतियोगितामा सहभागि बन्दाको पहिलो सालनै उहाको हातमा सफलता पर्या । सहभागि भएको पहिलो प्रत्योगितामानै सानत्वना स्थान हासिल गरेपछि लोक गितको क्षेत्रमा केहि गर्नु पर्छ भन्ने सोच उहामा पलाउदै जान थाल्यो ।

 सोह्र सत्र बर्षो उमेर जिबनमा उद्येश्यको बाटो लिने समय जस्तै हो त्यहि समयमा बाग्लुङ्गमा  सम्पन्न्ा राष्ट्रीय दोहोरि गित प्रतियोगिता २०५७ मा प्रकाश पौडेलको दोहोरि गाउने क्षमताको खुलेर प्रसंसा गर्ने हरु बढदै जान थाले । गित मार्फ कुनै बेला उकालि ओरालिमा मायालु संग  गर्ने कुरा कुनै बेला संस्कृतिका कुरा र रमाइला कुरा हर लाई शब्दमका मालामा उनेर छिनको छिनमा गित बाट फर्काउदा बिपक्ष बाट गाउने हरुका मुखमा शब्द रोकिन्थे । कस्तो थियोत त्यो समयमा दाहोरिको प्रभाब पौडेल पज बाईट
बिभिन्न प्रतियोगितामा दोहोरि गाउदै आफनो पहिचान छोड्दै हिडन थाले पछि धौलागिरिमा दोहोरिका शब्द र प्रकाश पौडेलको नाम एउटै जस्तै हुन थाल्यो । प्रतिभाका धनि प्रकाश पौडेल गायनमा मात्र होईन स्टेजका कार्यक्रमम संञ्चालनमा समेत माहिर मानिनुहुन्थ्यो त्यसै क्रममा २०६१ सालमा धौलागिरिमानै पहिलो पटक धौलागिरि एफ एम ९८.६ मेगाहर्जको स्थापना भयो । दोहारि क्षेत्रमा राम्रो पैभाब भएका कारण होला धौलागिरि एफ एमले उहालाई दोहोरि कार्यक्रम संञ्चालकको रुपमा रेडियोमा भित्र्यायो । आज पनि पौडेल रेडियोमा पहिलो पटक रेडियोमा बजेको कार्यक्रम लेक बेसिका झंकारलाई संझी रहनुहुन्छ ।

धौलागिरिमा एक मात्र रेडियो भएकाले होला रेडियोका लाखौ स्रोता हरु थिय स्रोता हरुका लागि रेडियोमा बोल्ने आफना प्रीय संञ्चालकहरुलाई सबैले मन मनमा राखेका थिय । बिस्तारै कार्यक्रम बढाउदै लैजाने क्रममा २०६३ सालमा धौलागिरि एफ एममा एउटा फरक कार्यक्रम बज्यो आउट डायल सधै आफै फोन गरेर बोल्ने स्रोताहरुलाई एफ एम बाटै फोन आउन थाल्यो । फोन बाट झुक्यएर रमाईलो कुरा कानि हुने कार्यक्रम आउट डायल छोटो समयमानै स्रोताको मन जित्न सफल भयो । भनिन्छ लम्की रहेका पाहिलाहरुलाई कसैले रोक्न सक्दैन त्यस्तै भयो पौडेलको जिबनमा धौलागिर एफ एममा बजेका कार्यक्रम बाट उहा बिस्तारै लोक संगितका कलाकार हरु संग नजिकिदै जान थाल्नु भयो । नेपालि लोक दोहोरिको क्षेत्रमा धौलागिरिका कलाकार हरु पनि धेरै थिय ।

 पौडेल २०६२ सालमा बाग्लङ्गमा लोक कलाकार कस्तुप पन्त संग भेट भए पछि उहाहरु बिच गहिरो मित्रता बस्यो पछि त्यहि मित्रता नेपालि लोक दोहोरि क्षेत्रमा बलियो खम्बा बनेर बस्न पुग्यो । कला क्षेत्रबाट आफु सन्तुष्ट रहेको बताउनुहुन्छ पौडेल

२०६२ को अन्त्य तिर प्रकाश पौडेलको शब्द सिर्जनामा धौलागिरिको पञ्चे बाजामा आधारित लोक दोहोरि गित लोक गायक राजु परियारको आवाजमा बिहेको रन्को बजारमा आयो त्यसको सफलता संगै प्रकाश पौडेल र कूस्तुप पन्त बिच सहकार्य बढन थाल्यो । २०६३ सालमा बजारमा पन्त र पौडेलको लय र शब्दमा मायाले केके गरायो भन्ने बोलको गित आयो जुन गित देश बिदेशमा चर्चित बन्न सफल भयो यहि गित बाट लोक दोहारिको क्षेत्रमा संर्घष्ारत गायक कुलेन्द्र बिकलाई चर्चित बन्न सहयोग पर्ुयायो ।
यो गित पछाडि पौडेलको नाम धौलागिरिमा मात्र सिमित रहेन ।

बजारमा पौडेल र पन्तका गित आउने क्रम बढ्न थाले र तिनले बजारमा छुट्टै पहिचान बनाउन सफल रहे उहाहरुका बहु चर्चित गितहरु लेउन रुमाल लेउ , गन्डकि पौडेका, यि गितहरुको अडियो धरै मात्रामा देश र बिदेशमा भयो । त्यसपछि बजारमा आयको गित दर्ुइ तिर भई जिउने , एकोहोरो हुदै थिय म भन्ने गितलेत झनै स्रोताको मन जित्न सफल रहे भने लाखौका मोबाईलमा सिआरबिटि र पिआरबिटि बनेर बसे । पछिल्लो समयमा बजारमा आयका गित के गर्या र धनले र संका मान्नु पर्दैन बोलका गित बजारमा चलिरहेका छन ।

संञ्चार र लोक दोहोरिमा लाग्नु भएका पौडेलको पहिचान अझ धेरै छन ब्यबसायिक रुपमा धौलागिरिमा एक मात्र रहेको उद्याोग धौलागिरि हृयाचरि उद्योगमा संञ्चालकका साथै उहा प्रबन्ध निर्देसकको रुपमा समेत  हुनुहुन्छ । त्यहाबाट उत्पादित कुखुराका चल्ला हरु देश भरिनै पुग्छन ।

जिबनमा गर्न छोडन भने असम्भब भन्ने केहि छैन आज प्रकाश्ा पौडेलको पहिचान बेग्लै छ । आज धौलागिरमा धेरै एफ एम छन तर कुनै एफ एम धौलागिरि जस्ता बन्न सकेका छैनन् कार्यक्रम संञ्चालक धेरै निस्कीएका छन तर कसैले पौडेलको स्थान लिन सकेका छैनन् । आज पनि धेरै जना बच्चालाई त्रि्रो उद्येश्य के भनेर सोध्यो भने प्रकाश पौडेल जस्तै कार्यक्रम संञ्चालक बन्छु भन्नेहरु पनि भेटिन्छन ।

आफनो लामो यात्रा सुनाउदै पौडेल भन्नुहुन्छ जिबन यस्तै हो कहिले कस्तो कहिले कस्तो जे भए पनि उद्येश्य लिन चाहि छोड्नु हुदैने




२०६९ फागुन ९ गते बेलुकी ७ बजे                                             प्रकाश पौडेल जुनियर

No comments: