Thursday, February 21, 2013

म्याग्दीलाई अवैध हतियार मुक्त जिल्ला बनाउने अभियान


जिल्ला प्रहरी कार्यालयले म्याग्दीलाई अवैध हतियार मुक्त जिल्ला बनाउने अभियान थालेको छ ।

अनुमती नलिई भरुवा बन्दुक, पेस्तोल लगायतका हतियार प्रयोग गर्नेलाई नियमन गर्न प्रहरीले यस्तो अभियान सुरु गरेको हो । बिहीबारदेखि जिल्लाभरका संयन्त्रमार्फ अवैध हतियार संकलन गर्न सुरु गरेको प्रहरी नायव उपरिक्षक मुकुन्द मरासीनीले जानकारी दिनुभयो ।

आगामी ३५ दिनभित्रमा अनुमती नलिई हतियार प्रयोग गरि रहेका हरुलाई जिल्ला प्रहरी कार्यालय अथवा नजिकको प्रहरी चौकीमा बुझाउन सूचित गरिएको उहाँले बताउनुभयो । "निश्चीत अवधि सम्मका लागि हतियार प्रयोगकर्ता स्वयम उपस्थित भएर बुझाएमा कुनै कानुनी कारबाही नहुने अवसर दिएका छौ" प्रनाउ मरासीनीले भन्नुभयो "त्यसपछि पनि अबैध हतियार राखेको पाएमा कानुनी कारबाही गरिनेछ ।"

वन्यजन्तु तथा पंक्षीहरुको चोरीशिकारी नियन्त्रण र समाजमा शान्ति सुरक्षा कायम गर्न जिल्ला सुरक्षा समितिको निर्ण्र्ााअनुसार अवैध हतियार संकलन गर्न थालीएको प्रहरीले जनाएको छ । म्याग्दी जिल्लामा १ थान जर्मनी पेस्तोल सहित भरुवा बन्दुक लगायत ८२ थानर् इजाजतप्राप्त हतियार रहेका कार्यालयले जनाएको छ ।

५० भन्दा बढी अबैध हतियारहरु रहेको अनुमान गरिएको प्रहरी नायव उपरिक्षक मरासीनीले बताउनुभयो । अबैध हतियार नियमन संगै बैध हतियारको प्रयोगको विषयमा पनि प्रहरीले चासो व्यक्त गरेको छ ।

"व्यक्तिगत सुरक्षाका लागि अनुमती लिएर प्रयोग भइरहेका हतियार चोरीशिकारी जस्ता अपराधमा प्रयोग हुन नदिन समेत कडा निगरानी गरिएको छ" प्रहरी नायव उपरिक्षक मरासीनीले भन्नुभयो ।

२०६९ फागुन १० गते वेलुकी ७ वजे                                    सन्तोष गौतम/सुरज केसी

No comments: