Saturday, February 23, 2013

म्याग्दी क्याम्पसको १२ औ सभा सम्पन्न


म्याग्दी बहुमुखी क्याम्पस बेनीको १२ औ क्याम्पस सभा शनिबार बेनीमा सम्पन्न भएको छ ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद कटुवालको अध्यक्षता, सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मीको सञ्चालन र उपाध्यक्ष मिनबहादुर बानियाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले क्याम्पसको व्यवस्थापन तथा गुणस्तरीय शिक्षामा जोड दिनुभयो । कार्यक्रममा जिल्ला स्थित सबै राजनितिक दलको तर्फाट बोल्दै एकिकृत नेकपा माओवादीका संयोजक गोविन्द पौडेल, व्यवस्थापन समितिका पर्ुव अध्यक्ष डा. भुपेन्द्रबहादुर खड्का, पर्ुव क्याम्पस प्रमुख रामजीप्रसाद सुवेदी, स्वतन्त्र विद्यार्थी युनियनका सभापति भिमबहादुर क्षेत्री लगायतले मन्तव्य व्यक्त गर्दै म्याग्दी बहुमुखी क्याम्पसमा स्नाकत्तोर तहको कक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

उद्घाटनपछिको बन्दसत्रले कोषाध्यक्ष टंक हमालले प्रस्तुत गर्नुभएको एक करोड १७ लाख ८४ हजार रुपैया बराबरको आगामी आर्थिक वर्षो बाषिर्क बजेट पारित गरेको छ । यसैगरी क्याम्पस व्यवस्थापन समितिका सदस्य सचिव क्याम्पस प्रमुख कृष्णबहादुर थापाले प्रस्तुत गर्नुभएको शैक्षिक प्रगति प्रतिवेदन पनि पारित भएको छ ।

त्यसैगरी क्याम्पस सभालाई फराकीलो बनाउनका लागि अभिभावकको प्रतिनिधित्व बढ्नेगरी शैक्षिक क्षेत्रलाई क्रियाशिल संघ संस्थालाई समेट्न सभाषद् संख्या बृद्धी गर्ने गरी विधान संसोधन गरिएको र व्यवस्थापन संकायमा स्नाकत्तोर तहको पठन पाठन सञ्चालन गर्न त्रिभुवन विश्व विद्यालयमा प्रस्ताव पेश गर्ने निर्ण्र्ााभएको सहायक क्याम्पस प्रमुख गोरखबहादुर जिसीले बताउनुभयो ।

२०६९ फागुन १२ गते बेलुकी ७ वजे                                             सन्तोष गौतम/सुरत केसी

No comments: