Thursday, February 21, 2013

प्रधानन्यायाधिसलाई सरकार प्रमुख बनाउने तयारीको बिरोध


प्रधानन्यायाधिसलाई सरकार प्रमुख बनाउने विषयमा केन्द्रिय राजनिति अलमलीरहेको अवस्थामा नेकपा माओवादी म्याग्दीले भने सोको बिरोध जनाएको छ ।

एकिकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र मधेसी मोर्चाका नेताहरु प्रधानन्याधिसको नेतृत्वमा चुनावी सरकार गठन गर्न सहमत भएपनि नेकपा माओवादीले असंवैधानीक कदम भन्दै बिहीबार बेनीमा पर््रदशन सहित राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।

नेकपा माओवादीका नेता कार्यकर्ताहरुले सरकार र प्रमुख चार राजनितिक शक्तिहरुबिरुद्ध नाराबाजी गर्दै असंबैधानीक कदम चालेर ठूला दलले राष्ट्रघात गर्न लागेको टिप्पणी गरेका थिए ।

सहिद चोकमा पुत्ला दहनपछि नेकपाा माओवादी म्याग्दीका सेक्रेटरी लालु किसानले सञ्चालन गर्नुभएको कोणसभामा बोल्दै जिल्ला र्सहईञ्चार्ज गमबहादुर श्रीसले दल बाहीरको व्यक्तिको नेतृत्वमा सरकार बनाउदा असंबैधानीक र राष्ट्रघाती काम हुने टिप्पणी गर्दै गोलमेच सम्मेलन मार्फ समस्याको समाधान गर्न माग गर्नुभयो ।

२०६९ फागुन १० गते वेलुकी ७ वजे                                    सन्तोष गौतम/सुरज केसी

No comments: