Wednesday, May 23, 2012

कोरीया पुगेका म्याग्देलीको सहयोगमा अस्पतालमा भवन निर्माण सुरु


रोजगारीको शिलशिलामा दक्षिण कोरीया पुगेका म्याग्देलीहरुको सहयोगमा जिल्ला अस्पताल बेनीमा आकस्मीक कक्ष भवन निर्माण सुरु भएको छ ।
४ कोठे १ तले भवनको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीले शिलन्यास गर्नुभएको छ । शिलन्यासपछि आयोजित कार्यक्रममा बोल्दै प्रजिअ ज्ञवालीले कोरीयामा काम गर्ने प्रवासी म्याग्देलीको भवन बनाउन सहयोग गरेर अरुलाई पनि प्रेरणा मिल्ने काम गरेको बताउनुभयो ।
यसैगरी जिल्ला स्वास्थ्य प्रमुख डाक्टर झलक शर्मा गौतमले पर्ुवाधारको अभावमा स्वास्थ्य सेवा प्रवाहमा समस्या परिरहेका बेला नयाँ भवन बनेपछि सहज हुने अपेक्षा व्यक्त गर्नुभयो । सो कार्यक्रममा म्याग्दी समाज समिति दक्षिण कोरीयाको १४ लाख लगानीमा भवन निर्माण गर्न लागिएको जानकारी गराइएको थियो ।
अस्पताल विकास समितिका अध्यक्ष आईतराम परियारको अध्यक्षता, म्याग्दी कोरीया सर्म्पर्क मञ्चका सचिव गोविन्द बानियाको सञ्चालन र सदस्य याम केसीको स्वागतमा शिलन्यास कार्यक्रम सम्पन्न भएको थियो ।

२०६९ जेठ ६ गते

No comments: