Tuesday, May 22, 2012

बुद्धिचालको उपाधि प्रविण श्रेष्ठलाई


माउण्ट एभरेष्ट आवासिय उच्चमावि बेनिले आयोजना गरेको बुद्धिचाल प्रतियोगीताको उपाधि बेनीका प्रविण श्रेष्ठले हात पार्नुभएको छ ।

 बेनी क्याम्पसचोकमा भएको बुद्धिचाल प्रतियोगीताको फाइनलमा शागरजिवि उपाध्यायलाई ३-० को सेटमा पराजित गर्दै चेस च्याम्पिएन बन्नुभएको हो ।

शनिबार देखि सुरुभएको बुद्धिचाल प्रतियोगीतामा सहभागी २५ जनालाई उछिन्दै फाईनलमा पुगेका श्रेष्ठ र उपाध्यायको खेल सोमबार विहान देखि सुरु भएर दिउँसो ५ बजे सकिएको थियो ।

 प्रतियोगीतामा चिरञ्जिवि शर्मालाई पराजीत गर्दै कृष्ण रावलले तेस्रो स्थान हात पार्नुभएको छ ।

बिजयि प्रतियोगिहरुलाई मंगलबार क्याम्पसचोकमा एक समापन कार्यक्रमका बिच पुरुस्कार बितरण गरीएको छ । बिजयि प्रतियोगिहरुलाई क्रमश तीन हजार, एक हजार ५ सय, हजार र पाच सय सहित मेडल, ट्रफी र प्रमाण पत्रले सम्मान गरीएको थियो ।
बिद्यालय खेलकुद शिक्षक दिनेश कार्कीको सभापतित्व, नेपाल रेडक्रस सोर्साईटी जिल्ला शाखा म्याग्दीका सभापति लेख बहादुर हमालको प्रमुख आतिथ्यता र शिक्षक कमल बानियाको संचालनमा सम्पन्न पुरुस्कार बितरण कार्यक्रममा प्राचार्य राजु केसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने म्याग्दी उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष जिवन कुमार बिश्वकर्माले बधाई मन्तव्य व्यक्त गर्नुभएको थियो ।

२०६९ जेठ ९ गते                                     सुरत केसी 

No comments: