Tuesday, May 22, 2012

दरवाङ बजारमा अस्थाई डम्पीङर्साईड सञ्चालन


म्याग्दीको दरवाङ बजारमा अस्थाई डम्पीङ र्साईड निर्माण गरेर फोहोर व्यवस्थापन गर्न सुरु गरिएको छ ।

दरवाङ गाविसको आर्थिक सहयोगमा पश्चिम म्याग्दी दरवाङ युवा क्लवको नेतृत्वमा म्याग्दी नदी किनारमा रहेको खाली जग्गामा डम्पीङ र्साईड बनाएर फोहोर व्यवस्थापन गर्न थालीएको हो ।

यसअघि बजारका दर्ुइ सय भन्दा बढी घरबाट उत्पादन हुने फोहोर सिधै म्याग्दी नदीमा फाल्ने गरिएको थियो । फोहोर व्यवस्थापनका लागि दरवाङ गाविसले चालु आर्थिक वर्षा २० हजार रुपैया सहयोग गरेको छ ।

स्थानीय एक व्यक्तिले निशूल्क जग्गा उपलब्ध गराएका छन् । दैनिक रुपमा फोहोर संकलन गरेर बजारदेखि करिब २सय मिटर टाढा रहेको डम्पीङ र्साईडमा थुपार्न थालीएको क्लवका अध्यक्ष मिम सिउथानीले बताउनुभयो ।

फोहोर व्यवस्थापन गर्न मासिक ६ हजार रुपैया तलव दिने गरी एक जना कर्मचारीको समेत व्यवस्था गरिएको छ । टोल सुधार समितिले पनि फोहोर व्यवस्थापनमा सहयोग गर्ने बताइएको छ । कुहीने फोहोरलाई कम्पोष्ट मल र नकुहीनेलाई जलाउने क्लवले जनाएको छ ।

म्याग्दी जेठ ९ गते । 

No comments: