Saturday, May 26, 2012

पौडिखेल्न गएका युवा कालीगण्डकीमा बेपत्ता


शनिबार दिउसो पौडी खेल्न गएका एक युवा कालीगण्डकी नदिले बगाएर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बागलुङ नगर पालिका ११ कुडुलेका २३ बषिर्य जनक रेग्मी रहेका छन् ।

बेनी बजारमा मोबाइल पसल गरी बस्ने रेग्मी अन्य दर्ुइ जना साथी सगै म्याग्दी रत्नेचौर ५ मा अवस्थित थाङनेबगर खण्डमा पर्ने कालीगण्डकी नदीमा पौडी खेल्न गएका थिए । पौडी खेल्दै गर्दा उनलाई नदिले बगाएको उनका साथीहरुले प्रहरीलाई बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दी र प्रहरी चौकी मिलनचोक पर्वतबाट खटिएको प्रहरी टोलिले उनको मोबाइल र पर्स घटनास्थलमा फेला पारेको छ भने रेग्मी अझै बेपत्ता रहेका छन् । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

२०६९ जेठ १३ गते बेलुकी ७ वजे                                               सन्तोष थापार्/पर्वत,

No comments: