Tuesday, May 22, 2012

राज्य पुनसंरचना गर्दा म्याग्दीलाई टुक्रन नदिने


म्याग्दी स्थित राजनितिक दल र विभिन्न संघ संगठन राज्य पुनसंरचना गर्दा जिल्लालाई टुक्राउन नहुनेमा एकमत भएका छन् ।

म्याग्दी उद्योग वाणिज्य संघको अगुवाइमा बेनीमा भएको छलफल कार्यक्रमका सहभागि राजनितिक दल, विभिन्न जातीय संगठन र नागरीक समाजका प्रतिनिधीहरुले जिल्लालाई टुक्राउन नहुने निकर्षनिकालेका हुन् ।

भुगोल, पहिचान, र्सार्मथ्य र परिस्थितीका हिसावले म्याग्दीलाई टुक्राउँदा जिल्लाको पहिचान मेटिने तथा विकासमा पछि परेको क्षेत्र अझ पछि पर्ने भएकाले जुन प्रदेशमा समावेश गरेपनि टुक्राउन नहुने बिचार व्यक्त गरेका छन् ।

राज्य पुनसंरचना आयोगको प्रतिवेदन तथा पछिल्लो राजनितिक सहमति अनुसार म्याग्दीलाई टुत्र्ाएर दर्ुइ प्रदेशमा मिसाउने चर्चा चलीरहेका बेला सरोकारवालाले म्याग्दीको पहिचान बाचाई राख्ने प्रतिवद्धता जनाएका हुन् ।

माओवादी नेता धु्रब घिमीरेले संबिधानसभाको उपसमितिले दिएको सुझाव अनुसार पहिचानको आधारमा म्याग्दीलाई मँगरात राज्यमा समावेश गर्नुपर्ने बिचार व्यक्त गर्दै बिभाजन गर्दा बैज्ञानिक नहुने तर्क गर्नुभयो । नेपाली काँग्रेसका सभापति रेशम बानियाले भुगोल, जनताको माग र भावना तथा परिस्थतीको मूल्याङकन गर्दा म्याग्दीलाई नटुक्र्याई पोखरा केन्द्र पर्ने प्रदेशमा समावेश गर्नु उपयुक्त हुने बताउनुभयो ।

नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जुन प्रदेशमा मिलाएपनि म्याग्दी टुक्रन नहुने भन्दै जिल्लाको जातीय, ऐतिहाँसीक, आर्थिक, सामाजिक लगायत पहिचान मेटाउन नहुने र सामर्थको उचित मूल्याङकन गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष रमेशकुमार पुनले भने एकल जातीय संघियताले द्धन्द्ध निम्त्याउने भन्दै शक्ति बिकेन्द्रीकरण गरे पुग्ने बताउनुभयो ।

राप्रपाका अध्यक्ष एकेन्द्र रावल, नेकपा एकिकृतका शिवकुमार श्रेष्ठ र राष्ट्रिय जनमुक्ति पार्टर्ीी अध्यक्ष नरबहादुर थापाले म्याग्दीलाई टुक्राउन उपयुक्त नहुने भन्दै जनताको भावना बुझेर निर्ण्र्ाागर्नुपर्ने बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कुबिरकुमार श्रेष्ठको अध्यक्षता र महासचिव बेलबहादुर कटुवालको सञ्चालनमा सम्पन्न कार्यक्रममा जनजाती नेता मुक्ति रोका, नागरीक समाजका सर्ुदर्शनकुमार श्रेष्ठ लगायतले पनि आफ्नो बिचार व्यक्त गर्नुभएको थियो ।

म्याग्दी जेठ ९ गते । 

No comments: