Friday, May 18, 2012

नारच्याङ्गमा स्काभेटर पुरीदा चालकको मृत्यु


म्याग्दीको नारच्याङ ७ मौवाघारीमा शुक्रबार साँझ सडक खन्नेक्रममा स्काभेटरसँगै पुरीएर चालकको मृत्यु भएको छ ।

मिस्त्रीखोला जलविद्युत आयोजनाको प्रवेशमार्ग खन्ने क्रममा पटार गाउँ नजिकै पहिरोले क्याटर पिलर ३२० पिसी स्कारभेटर पुँरीदा चालक तनहुँ छिपछिपेका ३६ वषिर्य मलबहादुर गुरुङको मृत्यु भएको प्रहरी निरिक्षक प्रेम थापाले जानकारी दिनुभयो ।

प्रहरी निरिक्षक थापाका अनुसार सुख्खा पहिरो संगै स्काभेटर सडकबाट करिब ६० मिटर तल खस्दा चालक गुरुङको घटनास्थलमै मृत्यु भएको हो । सहचालक गुरुङकै छोरा धन बहादुर गुरुङ्ग भने भागेर ज्यान बचाउन सफल भएका छन् ।

प्रवेशमार्ग खनेर र्फकदै गरेको पञ्चासे कन्ट्रक्सनको स्काभेटर दिउँसो साढे ४ बजे पहिरो संगै सडकबाट तल पल्टिएर पुरीएको हो । मृतकको शव प्रहरी र स्थानीयबासीले बाहिर निकालेका छन् । पहिरोले पुरीदा स्काभेटर पुरै क्षत्ती भएको छ ।

२०६९ जेठ ५ गते बेलुकी ७ वजे                                                    सुरज/सन्तोष

No comments: