Friday, May 18, 2012

डोजर सहित पुरीएका ४ जनाको शव भेटियो


कालीगण्डकी करिडोर अर्न्तगत कागबेनी झैते सडक खन्ने क्रममा बुधबार एलएनटी डोजर पुँरीदा दर्ुइ चालक सहित चार जनाको मृत्यु भएको छ ।

मुस्ताङको छुसाङ गाबिस बडा ७, चैलेको जोगीमोरा भिरमा पुरीएको डोजरभित्र रहेका ४ जनाको शव बिहीबार बिहान ६ बजे निकालीएको हो । बुधबार दिउँसो पुरीएको डोजरका चालक सिन्धुपाल्चोक मेलम्चिका २८ वषिर्य रोहित भनिने झलक माझिको बुधबार साँझनै शव निकालीएको थियो ।

डोजरसँगै पुरीएका अर्का डोजर चालक सिन्धुपाल्चोक बाँसबारी २ मेलम्चिका २९ वषिर्य धु्रब माझी, सहचालक पृथ्वीनारायण नगरपालीका ८ गोर्खाका २३ बषिर्या गोर्खे भनिने जितबहादुर राना, ट्याक्टर चालक राजपुर ६ दाङका २६ वषिर्य सुनिल कुमार चौधरीको शव आज बिहान ६ बजे भेटिएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरिक्षक राजेन्द्र पोखेलले जानकारी दिनुभयो । पहिले डोजर चालकको मात्र शव भेटिएकोमा माटो र ढुङ्गाले पुरीएको डोजर निकाल्ने क्रममा अन्य तिन जनाको शव भेटिएको प्रहरी निरिक्षक पोखरेलले बताउनुभयो ।

ठुलो हावा हुरी आएकाले सबैजना डोजर भित्र बसेको र उक्त समयमा माथीबाट ठुलो माटो, ठुंगाको ढिस्को खसी डोजर पुरीएको शंका गरिएको निरिक्षक पोखरेलले घटना स्थलबाट बताउनु भयो ।  सबैको घटनास्थलमै मृत्यु भएको मुस्ताङ र्टाईगर कन्ट्रक्सनका सञ्चालक ङुटुक गुरुङले बताउनुभयो । ढुङ्गा माटो समेत उडाउने गरि हावाहुरी चलेपछि उनीहरु एउटै डोजरभित्र बसेका समयमा पहिरो खसेको अनुमान गरिएको छ ।

स्थानिय बासीन्दा,े मजदुर, नेपाल प्रहरी, ससस्त्र प्रशरीले हिजो बेलुकाबाट उद्धारकार्य थालेका थिए । डोजरसँगै पुरीएकाहरुको शव अर्को डोजर, स्थानीयबासी र मजदुरहरुले माटो पन्छाएर निकालेका छन । पहिरोले पुरीएर डोजर पनि पर्ूण्ा रुपमा क्षत्ती भएको छ । ग्रामीण पुन निर्माण तथा पुनस्थापना आयोजना -अन्तरगत लामा कन्ट्क्सन काठमाडौले २०६७ सालदेखि सडक निमार्ण्र्ाारिरहेको छ ।

२०६९ जेठ ४ गते

No comments: