Friday, March 04, 2011

माओवादी सेक्रेटरीलालु किसानलाई डाकाचोरी आरोप


एकिकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी लालु किसानलाई आप\mनै कार्यकर्ताले डाकाचोरीको आरोप लगाएका छन् ।

डाकाचोरी घट्नामा पक्राउ परेका माओवादी कार्यकर्ता कमल किसानले प्रहरी बयानमा सेक्रेटरी लालु किसानलाई समेत पोलेको प्रहरी श्रोतले बताएको छ । कमल सेक्रेटरी लालु किसानका पर्ूव अंङ्ग रक्षक हुन् । १५ दिन अघि बाबियाचौर गाविस-४ र्‍यालेखोरका ७६ बषिर्य नरबहादुर गुरुङ्गको घरबाट नकाव लगाएका हतियारधारी समुहले १० तोला सुन र ४ लाख नगद रुपैया लुटेको थियो ।

 पीडितले दिएको हुलियाको आधारमा प्रक्राउ परेको स्थानिय २९ बषिर्य मनबहादुर किसान र दिपेश पुनले प्रहरी बयानमा दिएको सुचनाको आधारमा सेक्रेटरीका अङ्गरक्षक समेत रहेका कमल किसानलाई केही दिन अघि माओवादीको जिल्ला कार्यालयबाटै पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानकालागी भन्दै प्रहरीले मंगलवार अदालतबाट १० दिनकालागी म्याद थपेको छ ।
'शुरुमा सेक्रेटरी लालु किसानले घट्ना छानविनमा सहयोग गर्ने र आवश्यक परे गिरप\mारी दिन्छौं भनी जानु भएको हो, अहिले फरार हुनु भएको छ । अझ हिजो -मंगलवार) साझ फोन नम्र भाषामा 'जागिरबाट रिर्टार्यड भएपछि पनि लाईफ हुन्छ' भन्दै धम्काए' डिएसपी भट्टले बताउनुभयो ।

प्रहरी श्रोतका अनुसार पक्राउ परेका कमल किसानले उक्त डाकाचोरीमा आप\mनो संलग्नता स्वीकार गर्दै लुटेको सवै नगद तथा सुन माओवादी जिल्ला सेक्रेटरी लालु किसानलाई बुझाएको बताएका छन् ।

आरोपित नेता लालु किसानले घट्नामा आप\m र आप\mनो पार्टर्ीीे कुनै संलग्नता नभएको दावी गर्दै प्रहरीले गम्भीर षडयन्त्र गरेको बताउनुभयो । मलाई लगाईएको आरोप कपोलकल्पित, भ्रामक र षडयन्त्रपर्ूण्ा हो' लालुले थप्नुभयो -'सभासद राजधानी रहेको र्रर् इन्चार्ज जिल्ला बाहिरको भएकोले मेरो राजनैतिक भविष्य मेट्ने उद्देश्यले षडयन्त्र गरिएको हो ।

सेक्रेटरी किसानले घट्नाकाबारेमा पार्टर्ीी आफुलाई स्पष्टीकरण मागेको र आफुले स्पष्टीकरण दिएको खुलासा गर्दै आफु पार्टर्ीीाममा रहेको र सवैसंग नियमित सर्म्पर्कमा भै रहने बताउनुभयो ।

म्याग्दी फागुन १६ गते ।

No comments: