Monday, March 07, 2011

सुटिङ स्थल बन्दै मुस्ताङ


सडक सुबिधा र भौतिक पर्ुवाधारको बिकाससँगै हिमालपारीको जिल्ला मुस्ताङ चलचित्र, वृत्तचित्र र गित छायांकनका लागि उपयुक्त गन्तब्य बन्न थालेको छ ।
पुरातात्विक, सास्कृतिक, भौगोलिक एवं प्राकृतिक सुन्दरतामा अनेकता भएकोले मुस्ताङलाई नेपाली तथा बिदेशीहरुले सुटिङका लागि उपयुक्त गन्तब्य बनाउन थालेका हुन् ।
सुख्खा र आकर्ष भुवनोट भएकाले मुस्ताङमा छायांकन गर्न भारतीय चलचित्रकर्मीहरु पनि आउने गरेका छन् । मुस्ताङमा मासिक २/३ वटाका दरले चलचित्र छायांकन टोली आउने गरेका छन् । मुस्ताङको भुगोलमा गित छायांकन गर्नेहरुको पनि कमि छैन् ।
मुक्तिनाथ, कागबेनी, जोमसोम, मार्फा, टुकेचे लगायतका स्थान छायांकनका लागि आकर्ष स्थान बनेका छन् । उपल्लो मुस्ताङमा बिदेशी नागरीक प्रवेशका लागि गृह मन्त्रालय अन्तरगत अध्यागमन बिभागको बिषेश अनुमति लिनु पर्ने प्राबधान छ ।
उपल्लो मुस्ताङको भ्रमण गर्ने विदेशी पर्यटकका साथै छायाकंक गर्नेहरूको संख्या बढ्दै जान थालेको छ । हालैे उपल्लो मुस्ताङ मा प|mान्स र अस्टे्रलियन सुटीङ टोलीले बौद्ध धर्म सम्बन्धि वृत्तचित्र छायांकन गरेर फर्केको छ ।
        फिस्टेल एयरको हेलीकप्टर मार्फ फागुन १६ गते बिहान त्यहाँ पुगेको टोलीले उपल्लो मुस्ताङको चराङ, घमी, घिलिङ, मराङ स्थित पुरानो लुरी गुम्वा, लोमाङथाङ लगाएतको ठाउँहरुमा छायांकन गरेको थियो ।
 हिन्दु, वौद्ध, इर्साई र इस्लाम धर्म गरि ४ धर्मको बारेमा बृत्तचित्र  तयार पार्ने क्रममा बौद्ध धर्मको डकुमेन्ट्रीका लागी मुस्ताङ आएको टोली हेलिकप्टर मार्फनै फर्किएको छ ।

म्याग्दी फागुन २३ गते ।

No comments: