Saturday, March 05, 2011

नदी नियन्त्रणमा ढिलाई भएपछि पिप्ले गलेश्वरबासी चिन्तित


राहुघाट नदीको कटान नियन्त्रणमा ढिलाई हुँदा म्याग्दीको पिप्ले गाविस १ गलेश्वरका बासिन्दा चिन्तित बनेका छन् ।

गत भदौ २५ गते राहुघाट खोलामा आएको बाढीले गरेको कटान नियन्त्रण गर्ने प्रतिवद्धता जनाएका सरकारी निकाय, राजनितिक दल र सरोकारवालाले काम गर्न बेवास्ता गरेपछि स्थानीयबासी चिन्तित भएका हुन् ।
भदौ २८ गते घटनास्थल अनुगमन गर्न गएका सरोकारवालाहरुले कटान नियन्त्रणका लागि तटबन्ध गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएपनि हिउँद सकिनै लाग्दा समेत काम सुरु नहुँदा स्थानीयबासीले उनीहरुको ध्यानाकर्षा गराएका छन् ।
कटान नियन्त्रण हुन नसक्ने हो भने वषर्ातमा आउने बाढीले बस्ती कटान गर्ने दरले स्थानीयबासी चिन्तित भएका राहुघाट नदी नियन्त्रण समितिका अध्यक्ष लक्ष्मण चालीसेले बताउनुभयो । गाविसले ६९ हजार रुपैया बिनियोजन गरेपनि त्यो रकमबाट धेरै काम हुन नसकेको चालीसेको भनाई छ ।

'गाविसबाट निकै संर्घष्ा गरेर पाएको रकमले खोलाको बहाव परिवर्तन गराएका छौ तटबन्ध गर्न लाखौ रुपैया आवश्यक पर्छ' स्थानीय बृद्धीप्रसाद गौचनले भन्नुभयो 'सबैले आश्वासन मात्र दिए मनमा लागेर सहयोग गर्न सकेका छैनन्, हिउँदमा तटबन्ध नहुने हो भने बस्ती जोखिममा पर्छ । यस्तै अवस्थामा यहाँ बस्न सक्ने अवस्था छैन् ।'

  सो ठाउँमा ३० घरपरिवार बसोबास गर्छन् । त्यसैगरी राहुघाट र कालिगण्डकी नदीको दोभानमा रहेको कुटीमा वर्षौ अघिदेखि बस्दै आएका साधु सन्तहरु पनि नदी कटानका कारण बिस्तापित हुन थालेका त्यहाँ बस्दै आएका स्वामी धर्मानन्द सरस्वतीले बताउनुभयो ।

जिल्ला दैवि प्रकोप उद्धार समितिका अध्यक्ष समेत रहनुभएका म्याग्दीका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले काममा ढिलाई भएको स्वीकार गर्दै भुसंरक्षण कार्यालय, प्रधानमन्त्री राहत कोष लगायतका ठाउँमा अनुरोध गरेकाले छिट्टै काम हुने बताउनुभएको छ ।

म्याग्दी फागुन २१ गते ।

No comments: