Monday, March 07, 2011

म्याग्दीमा माओवादी र्सवदलीय संयन्त्रबाट बाहीरियो


माओवादी एमाले गठबन्धनको सरकार बिस्तार हुने क्रम चलिरहेका समयमा एकिकृत नेकपा माओवादी, म्याग्दीले सहकर्मी राजनितिक दलसँग सहकार्य हुन नसक्ने भन्दै शनिबार जिल्ला स्तरीय र्सवदलीय संयन्त्रबाट बाहीरिएको घोषणा गरेको छ ।
अन्य राजनितिक दलले फागुन ३ गते बाबियाचौर ३ खुम्ल्याहाका धनबहादुर गुरुङको घरमा भएको चोरीको घटनालाई जोडेर माओवादीले संस्थागत चोरी, डकैटी गरेको भन्दै प्रेस विज्ञप्ती मार्फ ध्यानाकर्षा गराएपछि प्रतिक्रिया स्वरुप माओवादीले शनिबार उनीहरुसँग सहकार्य नगर्ने बताएको हो । पार्टर्ीीार्यालयमा जिल्लार् इञ्चार्ज मित्रशरण शर्माले पत्रकारहरूसँग भन्नुभयो 'हामी यस विषयमा कानुनी रुपमा फेस गर्न तयार भएको बताईरहँदा पनि उहाँहरुले विज्ञप्तीमार्फ र्सार्वजनीक रुपमा अभिव्यक्ति दिएर जुन गल्ती गर्नुभएको छ त्यसलाई आत्मालोचना नगरेसम्म उहाँहरुसँग सहकार्य गर्दैनौ ।'
माओवादी शान्ति प्रक्रियामा आएपछि संयन्त्र गठन हुँदा कुनै पनि राजनितिक दलभित्र अनुचित काम भएको गुनासो आएमा त्यसलाई पहिले संयन्त्रमा छलफल गरेर बाहीर ल्याउने भनि भएको सहमति नेपाली काँग्रेस, एमाले, एकिकृत, राष्ट्रिय जनमोर्चा, जनमुक्ति पार्टर्ीी राप्रपाले उल्लङघन गरेकाले सहकार्य नगर्नेर् इञ्चार्ज शर्माले बताउनुभयो । दलिय आधारमा पार्टर्ीीे सहभागीता रहने जिविस देखि गाविस संयन्त्र र शान्ति समिति लगायत ठाउँबाट बाहिरिने निर्ण्र्ाागरेको शर्माले पत्रकारहरूलाई जानकारी दिनुभयो । चोरीको घटनामा जिल्ला सचिव लालु किसानको संलग्नता भएको विषयमा आफूहरूले कानुनी रुपमा लड्न तयार रहेको माओवादीको भनाई छ ।
आरोप पुष्टि नभइसकेको अवस्थामा विज्ञप्तीमार्फ माओवादीले संस्थागत चोरी डकैटी गरेको भनेर भ्रम सिर्जना गर्न खोजेको माओवादीको तर्क छ । आगामी आर्थिक वर्षा सञ्चालन हुने बिकास योजना तथा कार्यक्रमका विषयमा छलफल गर्न जिविसमा जारी र्सवदलीय संयन्त्रको बैठकमा पनि सहभागि नहुने माओवादीले जनाएको छ । स्थानीय निकाय जनप्रतिनिधीबिहीन अवस्थामा रहेका समयमा र्सवदलीय संयन्त्रको सहमतिका आधारमा सञ्चालन हुने अधिकांश गतिबिधीलाई माओवादीको निर्ण्र्ााे प्रभावित बनाउने देखिएको छ ।
त्यसैगरी एकिकृत नेकपा माओवादीले फागुन ३ गते बाबियाचौरको खुम्ल्याहमा भएको चोरीको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका जिल्ला सेक्रेटरी लालु किसानका अङ्गरक्ष्ँक कमल किसानलाई पार्टर्ीीदस्यबाट निष्काष्सन गरेको जनाएको छ ।
जिल्ला सेक्रेटरी लालु किसानका पर्ुव सहयोगी कमललाई प्रहरीले पक्राउ गरेकै दिन फागुन ८ गते पार्टर्ीीार्यालयमा बसेको बैठकले साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ ।
 प्रहरी नियन्त्रणमा रहेका कमलले सेक्रेटरी किसानको निर्देशनमा चोरी गरेको र सामान उनलाईने बुझाएको बयान दिएका थिए ।

म्याग्दी फागुन २३ गते ।

No comments: