Saturday, March 05, 2011

माओवादी म्याग्दीका जिल्ला सेक्रेटरी लालु किसानलाई पक्राउ गर्न खोजी सुरु



चोरीको घटनामा संलग्न भएको आरोपमा प्रहरीले एकिकृत नेकपा माओवादी म्याग्दीका जिल्ला सेक्रेटरी लालु किसानलाई पक्राउ गर्न खोजी सुरु गरेको छ ।

यही फागुन ३ गते बाबियाचौर ३ खुम्ल्याहाका नरबहादुर गुरुङको घरमा भएको चोरीको घटनामा संलग्न भएको खुलेपछि फरार भएका किसानको खोजी सुरु गरिएको प्रहरी नायव उपरिक्षक नवराज भट्टले बताउनुभयो ।
शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि प्रहरी नायव उपरिक्षक भट्टले घटनामा किसानको संलग्नता भएको खुलेकाले अनुसन्धानका लागि पक्राउ गर्न खोजी सुरु गरिएको जानकारी दिनुभयो ।

घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका किसानका पर्ुव सहयोगी कमल सार्कीले सेक्रेटरी किसानको 'निर्देशनमा चोरी गरेको' भनि प्रहरीसँग बयान दिएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।
फरार किसानको खोजी भैरहेको भट्टले बताउनुभयो । आरोपीत किसान केहीदिनदेखि सदरमुकाम बाहीर रहेका छन् । किसानलाई पक्राउ गरि डाँडा चोरीको अभियोगमा मुद्दा चलाईने प्रहरीले जनाएको छ । गुरुङको घरबाट दर्ुइ लाख ५० हजार रुपैया नगद र १० तोला सुन चोरेको आरोपमा प्रहरीले कुहुँका सार्की सहित स्थानीय मनबहादुर किसान र दिपेश पुनलार्इर्र्पक्राउ गरेको थियो ।

 फागुन ८ गते एकिकृत माओबादीको पार्टर्ीीार्यालयबाट पक्राउ परेका सार्कीले नगद तथा जिन्सी सम्पुण किसानलाई बुझाएको बयान दिएका छन् । माओवादीका पर्ुव कार्यकर्ता बसन्त रोकाको नेतृत्वमा चोरी भएको प्रहरीले बताएको छ ।

राजनितिक कारण ढिलाई

चोरीको घटनामा जिम्मेवार दलको नेताको संलग्नता रहेको खुलेपछि सो घटनाको थप अनुसन्धानमा ढिलाई भएको छ ।

'१३ गते किसानको पनि चोरीको घटनामा संलग्नता भएको खुलेपछि माओवादीको जिल्ला नेतृत्वसँग छलफल भएको थियो' प्रनाउ भट्टले भन्नुभयो 'उहाँहरुले अनुसन्धानमा सहयोग गर्र्छौ भन्नुभयो, र केही दिन पखिएका थियौ, तर गर्नुभएन, गहिरो अनुसन्धान भएको छ । अव मुद्दा लागीसक्यो जसरी पनि पक्राउ गर्र्छौ ।'
किसानसँग चोरीका सामान र धनमाल फिर्ता गराउन पहल गरेपनि किसानले सो नमानेको प्रहरीको भनाई छ । यस घटनाले राष्ट्रिय राजनितिमा पनि असर पार्ने र अनुसन्धानका क्रममा दवाव आएकाले सामान फिर्ता गराएर मुद्दा मिलाउन खोज्दा ढिलाई भएको प्रहरीले बताएको छ ।
 'उहाँ आफैले अस्ती फोन गरेर गिरफ्तारी दिन आउँछु भन्नुभएको थियो' प्रनाउ भट्टले शुक्रबार भन्नुभयो 'घटनाका मुख्य योजनाकार बसन्त र्घर्तीको कुरा लिनेवित्तकै किसानको प्रस्तुती फेरीएकाले थप आधार मिलेको छ ।'
म्याग्दी दरवाङ दुखु घर भएका र्घर्ती मनाङको नार हत्याकाण्डको पनि अभियुक्त भएको प्रहरीले जनाएको छ । जिल्लाका अन्य ठाउँमा भएका ठूला लुतपाटका घटनामा पनि र्घर्तीको संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ ।

राजनिति दलको शिर निहुरीयो-छ दल

म्याग्दी स्थित छ राजनितिक दलले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरि एकिकृत नेकपा माओवादी म्याग्दीका जिल्ला सचिव लालु किसान र सो पार्टर्ीी अन्य कार्यकर्ताहरूको संलग्नतामा गत फागुन ३ गते बाबियाचौरमा चोरीको घटना भएको भन्दै ध्यानाकर्षा भएको जनाएका छन् ।

नेपाली काँग्रेसका जिल्ला सभापति रेशमबहादुर बानीया, एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेकपा एकिकृतका जिल्लार् इञ्चार्ज शिव श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका सचिव जगत बिक, जनमुक्ति पार्टर्ीी अध्यक्ष नरबहादुर थापा र राप्रपा अध्यक्ष एकेन्द्र रावलले विज्ञप्ती प्रकाशित गरी दलका जिम्मेवार नेताको संलग्नतामा भएको यस घटनाले राजनीतिक दलहरूको शिर निहुरिएको जनाउनुभएको छ ।

आफ्नै पार्टर्ीी कार्यकर्ताले घटनामा नेतृत्वको संलग्नता रहेको पुष्टि गरेपछि पनि आरोपीत व्यक्तिले कानुनलाई सहयोग गर्नुको साटो भ्रष्ट्राचारको बाहना बनाएर घटनालाई तोडमोड गर्न खोजीएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
 यस घटनाले माओवादीको नियतप्रति शंका उब्जाएको उल्लेख गर्दै विज्ञप्तीमा यथास्रि्र सत्यतथ्य बाहिर ल्याई जनताको जिउधनको सुरक्षाका साथै घटनामा संलग्नहरुलाई कारबाही दिलाई जिल्लावासीलाई शान्तिसुरक्षाको प्रत्याभूति दिन सरकार समक्ष विज्ञप्तीमार्फ माग गरिएको छ ।
यसैगरी नेताहरुले शुक्रबारनै म्याग्दीका प्रहरी नायव उपरिक्षक भट्टलाई भेटेर अनुसन्धान प्रक्रियालाई निरन्तरता दिई सत्य, तथ्य प्रमाण जुटाएर कानुनी आधारमा कार्बाही गर्न माग गरेका छन् ।

माओवादीको अस्पष्ट धारणा

चोरीको घटनामा आफ्नै पार्टर्ीी जिल्ला सेक्रेटरी लालु किसानको संलग्नता भएको र्सार्वजनीक भएपनि यस विषयमा एकिकृत नेकपा माओवादीका नेताहरूले भने आरोपको खण्डन गरेपनि स्पष्ट धारणा र्सार्वजनीक गरेका छैनन् ।

बिहीबार जिल्लार् इञ्चार्ज मित्रशरण शर्मा -बिहानी)ले प्रेस विज्ञप्ती पार्टर्ीीे आधिकारीक धारणा भन्दा पनि सञ्चार माध्यममा किसान फरार भएको भन्ने विषयमा आएको समाचारको विषयमा केन्द्रित बनेको छ । विज्ञप्तीमा 'सेक्रटरी लालु किसान माथिको आरोप कपोलकल्पित र षडयन्त्रमूलक भएको प्रष्ट पार्न चाहन्छौ' भनिएको छ । तर वास्तवीक कुरा के भन्ने खुलाईएको छैन् ।

किसान पार्टर्ीीे कार्ययोजनामा रहेको माओवादीले जनाएको छ । अन्य दलले माओवादीको संस्थागत योजनामै चोरी डकैटी भएको आरोप लगाएका छन नी भन्ने प्रश्नमा जिल्लार् इञ्चार्ज शर्माले शुक्रबार भन्नुभयो 'पार्टर्ीीे यस्तो निती छैन्, दलले मोर्चा कस्ने काम गरे, त्यो ठिक गरेनन् भन्ने हामीलाई लागेको छ । यस विषयमा  छलफल गरेर हाम्रो धारणा र्सार्वजनीक गर्र्छौ ।'

म्याग्दी फागुन २१ गते ।

No comments: