Monday, March 26, 2012

नयाँ संबिधान नबने त्यसको जिम्मेवारी तीन दलले लिनुपर्ने थापाको भनाई

पर्ुवप्रधानमन्त्री तथा राष्ट्रिय जनशक्ति पार्टर्ीी अध्यक्ष र्सर्ुयबहादुर थापाले २०६९ जेठ १४ गते नयाँ संबिधान बन्न नसके संघिय गणतन्त्रको भ्रुण हत्या हुने बताउनुभएको छ ।
आईतबार बेनीमा राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टर्ीीयाग्दीको एकताको जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै थापाले निर्धारीत समयमा नयाँ संबिधान जारी हुन नसके त्यसको जिम्मेवारी ठूला तिन दलले लिनुपर्ने बताउनुभयो । शान्ति प्रक्रिया पुरा गरेर संबिधान जारी गर्नुपर्ने बिचार राख्दै थापाले सुगम र सहज तरिकाले संबिधान बन्ने अवस्था नरहेकाले किस्ताबन्दीमा संबिधान आउने बताउनुभयो । थापाले अहिले सरकार परिवर्तन गर्ने कुरा सम्भव नभएकाले समयमै संबिधान जारी गर्न नसके प्रधानमन्त्रीलाई कर्ुर्चीमा बस्ने अधिकार पनि नरहेको बताउनुभयो ।
यसैगरी राप्रपाका अध्यक्ष पशुपती शमरेश राणाले संबिधानको विषयमा छलफलनै हुन नसकेको भन्दै अबको दर्ुइ महिनामा संबिधान बन्ने संम्भावना अत्यन्त कम रहेको बताउनुभयो । जनताले परिवर्तन चाहेकाले राजतन्त्र र्फकन नसक्ने उहाँले बताउनुभएको छ । सामर्थ्यको आधारमा सात वटा प्रान्त सहितको संघियतामा जान सकिने भन्दै अध्यक्ष राणाले सांस्कृतीक पहिचानलाई पनि महत्व दिनुपर्ने बताउनुभयो । संघियताले राष्ट्रिय एकतालाई बलीयो बनाउनुपर्ने र बिभेदको अन्य हुनुपर्ने उहाँको भनाई छ ।
यसैगरी पर्ुवअर्थमन्त्री तथा राजपाका सहअध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले वर्तमान सरकार भ्रष्ट भएको आरोप लगाउदै सत्ता टिकाउन भ्रष्ट्राचारलाई बढावा दिन नहुने बताउनुभयो । पश्चिम सेती जलविद्युत आयोजना पश्चिम नेपालको विकासका लागि महत्वपर्ूण्ा भएकाले अवरोध गर्न नहुने लोहनीको भनाई छ । आयोजनाका विषयमा उठेका बिवादलाई अन्त्य गरेर काम सुरु गरेमा सुदुरपश्चिममा विकासले गति लिने लोहनीले बताउनुभयो ।
नेताहरुले अब प्रजातान्त्रीक शक्तिहरुबीचको एकता आवश्यक रहेपनि राप्रपा नेपालले संबैधानीक राजतन्त्र चाहेकाले एकता हुन नसकेको बताउनुभयो । उहाँहरुले 'राजतन्त्र'का कारण राप्रपा नेपालसँग एकिकरण हुन नसकेको बताउँदै छलफल भइरहेको बताउनुभयो । ११ जिल्लामा राप्रपा र राजपाको एकता भइसकेको र यो अभियानलाई त्रि्र पारिने उहाँहरुले बताउनुभयो । उहाँहरुले वर्तमान सरकारले माओवादी नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिएर कानुनी राज्यको उपहास गरेको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य जगत गौचन, हेमजंग गुरुङ, जितबहादुर गुरुङ, राष्ट्रिय जनशक्ति पार्टर्ीी केन्द्रिय सदस्यर् इच्छा गुरुङ, लालध्वज लामा, भिमप्रसाद गौचन, नेकपा एमालेका जिल्ला कमिटि सदस्य राजकुमार थापा, जनमुक्ति पार्टर्ीी अध्यक्ष नरबहादुर थापा र राप्रपा नेपालका जुद्धविर विश्वकर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । राप्रपा म्याग्दीका अध्यक्ष एकेन्द्र रावलको अध्यक्षता, सहसचिव बिरबहादुर थापाको सञ्चालन र उपाध्यक्ष जगतनारायण गौचनको स्वागतमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । उद्घाटनपछि बन्द सत्र सुरु भएको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने अधिवेशन आयोजक समितिका प्रचार संयोजक डम्मरबहादुर सुबेदीले जानकारी दिनुभयो ।

No comments: