Tuesday, March 27, 2012

राष्ट्रपतिद्धारा मुक्तिनाथ दर्शन र खम्पा कैशन क्याम्पको अवलोकन

राष्ट्रपति डाक्टर रामवरण यादवले मंगलबार मुस्ताङ स्थित हिन्दु र वौद्ध धर्मवलम्बीहरुको प्रमुख तिर्थस्थल मानिने मुक्तिनाथ मन्दिरको दर्शन गर्नुभएको छ ।

बिहान हेलीकप्टर मार्फ मुक्तिनाथमा पुग्नुभएका राष्ट्रपति यादवले मुक्तिनाथमा पुजाअर्चन गर्नुभएको जिल्ला प्रशासन कार्यालय, मुस्ताङले जनाएको छ । यसैगरी राष्ट्रपति यादवले सो अवसरमा मुस्ताङ स्थित नेपाली सेनाको कैशन क्याम्पको पनि निरिक्षण अवलोकन गर्नुभएको छ ।

कैशन क्याम्प रहेको स्थान तिब्बती खम्पाहरुले तिब्तमा ब्रि्रोह गरेर बिस्थापित भएपछि आश्रय लिएर बसेको स्थान भएकाले महत्वपर्ूण्ा मानिन्छ । बिहान ७-४५ बजे मुस्ताङ पुग्नुभएका राष्ट्रपति यादव १०-४५ बजे फिर्ता हुनुभएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद पाण्डेले जानकारी दिनुभयो । सेनाको क्याम्पमा कर्मचारीहरुसँग घेटघाट गरेर उहाँ र्फकनुभएको थियो ।

रामनवनी पर्वको अवसर पारेर हिजोआज मुक्तिनाथ र कागबेनीमा पुजाआजा गर्ने श्रद्धालुहरुको पनि उपस्थिती बढेको छ । हिन्दु धर्मावलम्बीहरुको चार धाम मध्ये एक धाम मानिने मुक्तिनाथमा रामनवमी र बिजया दशमीमा बिषेश पूजाआज हुने गर्छ ।

२०६८ चैत १४ गते                                                              चन्द्रश्वर बस्ताकोटी

No comments: