Tuesday, March 27, 2012

यस्तो पनि मृत्यु !


म्याग्दीमा एक जना भिक्षुले जलसमाधि गरेर मृत्युवरण गरेका छन् । पिप्ले गाविस स्थित गायत्री मन्दिरमा बस्दै आएका सिगाना ४ बागलुङका ८४ वषिर्य ढुण्डीराज उपाध्याय आफैले मंगलबार बिहान कालिगण्डकी नदीमा जलसमाधि धारण गरी बगेर मृत्युवरण गरेका हुन् ।

सन्यासीको रुपमा मन्दिरमा बस्दै आएका उपाध्ययले आफ्नोर् इच्छा अनुसार जलसमाधी गर्न लागेको पत्र लेखेर नजिकैको कालिगण्डकीमा बगी मृत्युवरण गरेका उहाँका नाती लिलाराम गौतमले जानकारी दिनुभयो । कालिगण्डकीमा जलसमाधी गरेमा र्स्वर्गमा पुगीने धार्मीक मान्यता अनुसार उहाँले सबैलाई जानकारी गराएर मृत्युवरण गरेको गौतमले बताउनुभयो ।

उनले प्रयोग गर्ने कमण्डलु कालिगण्डकीमा फेला परेकाले जलसमाधी गरेको पुष्टि भएपनि शवको खोजी भइरहेको आफन्तले जनाएका छन् ।

२०६८ चैत १४ गते                                                सुरज केसी/सन्तोष गौतम

No comments: