Monday, March 26, 2012

बृद्धहरुद्धारा हलोजुवा उद्योग सञ्चालन

म्याग्दीको घतानमा बृद्धहरु मिलेर सामुहीक हलोजुवा उद्योग सञ्चालन गरेका छन् ।

घतान ३ तोरीपानीमा ७३ वषिर्य जितबहादुर बानिया, ७७ वषिर्य चन्द्रबहादुर बानिया, पर्ूण्ाबहादुर खत्री र ५७ वषिर्य धर्मलाल बिकले हलो, जुवा, डाँडो लगायत खेतीबाली लगाउन प्रयोग हुने काठजन्य सामान बनाउने उद्योग सञ्चालन गर्नुभएको हो ।

नयाँ पुस्तामा सिप र रुची नहुँदा पहाडी क्षेत्रको भिरालो जमिन खनजोत गर्ने कामका लागि प्रयोग हुने हलो जुवा नभएपछि खेत बाँझै राख्नुपर्ने अवस्था आएकाले बुढेसकालमा सिपको सदुपयोग गरेर उद्योग सञ्चालन गरेको पर्ूण्ाबहादुर खत्रीले बताउनुभयो ।

हलो, जुवा, मोही, अनौ, डाँडो सामानहरु घतान, पुलाचौर, अर्थु‹े, पाखापानी, झिँ, पात्लेखेत, पिप्ले लगायत गाविसका कृषकले किनेर लैजाने गरेका छन् । एउटा हलोलाई रु.चार सय, डाँडोलाई रु.पाँच सय, जुवालाई रु. दर्ुइ सय र फाली लगायत सबै सेटलाई १४ सयका दरले बेच्ने गरेको चन्द्रबहादुर बानियाले बताउनुभयो ।

जिविकोपार्जनका लागि वन कार्यक्रम मार्फ प्राप्तभएको आकम्मीक कोषबाट १६ हजार रुपैया ऋण दिएपछि सुरु भएको ब्यवसाय अहिले नमुना बनेको घोर्लास सामुदायीक बन उपभोक्ता समितिका सल्लाहकार नरबहादुर बानियाले बताउनुभयो । उहाँका अनुसार व्यवसाय बिस्तारका लागि अन्तरिम बन परियोजनाले सहयोग गरिरहेको छ । स्थानीय घोर्लास र तुसारेपानी सामुदायीक वनमा रहेका पुराना, बाङ्गा र काम नलाग्ने रुख किनेर उनीहरुले कृषि सामान बनाउने गरेका छन् ।

No comments: